म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि सवा अर्बको ठेक्का लगाउदैछौ मन्त्री जुग्जाली

Gandaki Ghumau

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउन रु. एक अर्ब २५ करोड बजेट व्यवस्था गरेको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले शनिबार समाजवादी मोर्चाले बेनीमा आयोजना गरेको सन्देश सभामा म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माण गर्न यसै वर्ष ठेक्का लगाउन सो बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

मन्त्री जुग्जालीले संघीय सरकारसँग समन्वय गरेर म्याग्दीका दुई हजार दुई सय घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार गर्न रु. बीस करोड ५१ लखको ठेक्का सम्झौता भई काम शुरु भएको जानकारी दिनुभयो । मन्त्री जुग्जालीले म्याग्दी जस्तो दुर्गम र विकट जिल्लाका लागि संघीय व्यवस्था वरदान सावित भएको बताउनुभयो ।

Shreekrishna

“हिजो एउटा गाविसमा रु. २५–३० लाख बजेट आउँथ्यो । अहिले एउटै वडामा करोड भन्दा बढीको योजना भित्रिएको छ,” उहाँले भन्नुभयो “विकासको गतिबिधि गाउँगाउँमा बढेको छ । सहरको बिकास गाउँमा पुग्न थाल्नुनै संघीयताको उपलब्धी हो ।”

Gunasthariya Shiksya

चालु आर्थिक वर्षमा म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएकोमा १६ वटाको ठेक्का प्रक्रीया अघि बढेको छ । तीन वटा झोलुङ्गे पुल र सात वटा सडक पुल सम्बन्धी आयोजना कार्यान्वयन हुने जनाइएको छ । ती सबै आयोजनाहरुका लागि रु. ७३ करोड बजेट बिनियोजन भएको छ ।

बहुबर्षीय ठेक्का लगाउन छनौट भएका छ वटा सडक र चार वटा सडक पुलका लागि रु. एक अरब २५ करोड बजेट व्यवस्था गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । बिनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको बीस प्रतिशत मानेर स्रोत सुनिश्चितन र बहुबर्षीय ठेक्का मार्फत कार्यान्वयनको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिनुभयो ।

म्याग्दीमा रु. पाँच करोड बजेट बिनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई रु. २५ करोड, रु. चार÷चार करोड बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुदै पाखापानी सडकलाई रु. बीस÷बीस करोडको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का आव्हानको तयारी भएकोे छ ।

रु. दुई÷दुई करोड बजेट रहेको दरवाङ–अदिभारा डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरंजा सडकका लागि पनि रु. दश÷दश करोड बजेटको स्रोत सुनिश्चितता भएको मन्त्री जुग्जालीले बताउनुभयो ।

म्याग्दीका छ वटा स्थानीय तहको ४५ मध्य धवलागिरी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन् । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, संघीय सरकार र गाउँपालिकाले रु. दुई÷दुई करोड बजेट बिनियोजन गरेका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिका–२ स्थित दरखोला र मालिका गाउँपालिका–७ को शिवरात्री खोलामा मोटरेबल पुलको योजना बुहबर्षीय ठेक्का लगाउन छनौट भएको मन्त्री जुग्जालीले बताउनुभयो । मालिका गाउँपालिका–३ र ४ को सिमाना अदिभारा र बेनी नगरपालिका–४ र मंगला गाउँपालिकाको वडा नम्बर ३ अर्चेखोलामा मोटरेबल पुल निर्माणको ठेक्का सम्झौता भइसकेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...