रावण पार्क निर्माणलाई पूर्णता दिने बेनी नगरपालिकाका जनप्रतिनिधिको प्रतिवद्धता

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार वडा नम्बर ५ पुलाचौरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा सबै वस्तीहरुलाई समानुपातिक तवरले प्राथमिकता दिन, सडक, खानेपानीको योजनाहरुलाई पूर्णता दिन, कृषि क्षेत्रको व्यवसायिकरणमा ध्यान दिन, साँध सिमानामा रहेका रुख विरुवा कटान गर्न माग गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले योजना कार्यान्वयन गर्दा उपभोक्तालाई पेश्की नदिँदा काम गर्न कठिनाई हुने, ग्रामिण भेगमा ढुवानी बढी लाग्दा योजना सम्पन्न गर्न आर्थिक व्यभार बढ्ने, जनश्रमदान जुटाउन कठिनाई हुने, उपभोक्ता समिति गठनमा राजनीतिक कित्ताकाट हुने गरेको लगायतका समस्याहरुबारे प्रश्न राखेका थिए ।

Shreekrishna hardwear in news
????????????????????????????????????

त्यसैगरि धार्मिक तथा ऐतिहासिक धरोहर र व्यक्तिगत जग्गामा समेत जग्गा सम्वन्धी विवाद रहेकाले नापि कार्यालयसंग समन्वय गरि विवाद समाधान गर्न, पर्यटकीय र धार्मिक स्थलमा पूर्वाधार निर्माण गर्न र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न समेत सहभागीहरुले जनप्रतिनिधिको ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा नगरपालिकाका मेयर सुरत केसीले सबै वडा कार्यालयबाट सदरमुकाम जोड्ने सडकलाई स्तरीय बनाउने लक्ष्य अनुसार बेनी देखि पुलाचौर जोड्ने सडक प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नगरपालिकाले आन्तरिक आम्दानीको बृद्धि गर्न करको दायरा फराकिलो बनाउने प्रयास गरेको बताउँदै ग्रामीण भेगमा विक्रि मुल्य भन्दा राज्यले निर्धारत गरेको जग्गाको दररेटको मुल्य बढी हुँदा समस्या रहेको बताउँदै त्यसलाई समाधानको लागि प्रयास थालिएको जानकारी दिनुभयो ।

‘‘योजना कार्यान्वयनलाई प्रभाबकारी बनाउन उपभोक्ताले व्यहोर्नुपर्ने १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाएका छौँ, काम गरेको आधारमा रनिङ बिल बनाएर भुक्तानी दिने गरिएको छ,’’–मेयर केसीले भन्नुभयो । उहाँले संघबाट बजेट नआउँदा अलपत्र बनेको रावणपार्क योजनालाई समेत निरन्तर पहल गरेर पुनः अघि बढाउने तयारी भएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा नगरपालिकाका उपमेयर ज्योति लामिछानेले सबै वडाहरुलाई समान प्राथमिकता दिएर योजना छनौट तथा निर्माण गर्ने परिपाटी बसालेको बताउँदै महिलाहरुलाई उत्पादनसंग जोड्ने कार्यक्रमलाई निरन्तरता दिईएको बताउनुभयो । उहाँले समाजमा रहेका विकृत्ति, विसंगतीहरुलाई सामाजिक जागरणका माध्ययम मार्फत सचेतना फैलाउने कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै योजनाको प्रभाबकारीता बढाउन र गुणस्तर कायम गराउन निरन्तर अनुगमन गर्ने काम भैरहेको बताउनुभयो ।

????????????????????????????????????


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले नगरपालिका र मातहतका कार्यालयहरुमा जनशक्तिको उचित व्यवस्थापन भएको बताउँदै सेवालाई सरल र प्रभाबकारी बनाउन जुटेको बताउनुभयो । उहाँले साना योजनालाई उपभोक्ता समिति र ठूला योजनाला ठेक्का मार्फत कार्यान्वयन गर्न लागिएको बताउँदै योजनाहरुलाई प्रभाबकारी र गुणस्तरीय बनाउन रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर ५ का वटा अध्यक्ष गोविन्द बानियाँले वडाभित्र रहेका सार्वजनिक जग्गाहरुको खोजी गरिने बताउँदै धार्मिक स्थल र सार्वजनिक जग्गा व्यक्तिगत प्रयोगमा रहेको भेटिएमा वडामा निवेदन दिन आग्रह गर्नुभयो । यस बर्ष वडाभित्र हरेक घरधुरीलाई आलु खेतीमा जोड्न वडाभित्रका ८०० बढी घरधुरीलाई ४ हजार किलो आलुको विउ वितरण गरिएको उहाँले जाननकारी दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्काले सिंगामा बनेको चिस्यान गृहमा अहिले परिक्षणको रुपमा सुन्तला भण्डारण गरिएको बताउँदै यसपछि आलु लगायतका उत्पादनलाई समेत भण्डारणको लागि प्रयोगमा ल्याउने जानकारी दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले ग्रामीण भेगका योजनाहरुलाई ढुवानी जोडेर स्टीमेट गर्ने गरिएको बताउँदै उपभोक्ताहरुलाई थप व्यभार पर्ने गरि योजनाहरुको लागत स्टिमेट नहुने बताउनुभयो । उहाँले अलपत्र बनेको रावणपार्कलाई पुनः सुचारु गराउने पहल गरिएको बताउँदै काठमाण्डौमा रावणको मुर्ति तयार भैसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा बेनी अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर अनुसा मानन्धरले बेनी अस्पतालको ओपिडी सेवाको विस्तार र आनसिक रोगको उपचारको बारेमा जानकारी गराउनुभएको थियो । नगरपालिकाका मेयर केसीको अध्यक्षता, प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालन र पत्रकाद्धय कमल खत्री र प्रताप बानियाँको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...