बेनी नगरपालिकाले पहिलो चौमासिकमा एघार प्रतिशत बजेट खर्च गर्यो

Gandaki Pardesh notice

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।

पुलाचौरमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको हो । पुँजीगततर्फ रु. १७ करोड ९१ लाख ८५ हजार विनियोजन भएकोमा पहिलो चौमासिकमा रु. दुई करोड १० लाख ७८ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले बताउनुभयो ।

चालुतर्फ रु. ५२ करोड ९७ लाख बजेट विनियोजन भएकोमा रु. १४ करोड ८४ लाख ५८ हजार अर्थात् २० दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ । चालु आवमा कुल चार करोड ५४ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने अनुमान गरिएकोमा हालसम्म एक करोड १५ लाख ४५ हजार रुपैयाँ अर्थात् २५ प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

विषयगत क्षेत्रतर्फ आर्थिक विकासमा पाँच दशमलव ३७ प्रतिशत, सामाजिक विकासतर्फ २२ दशमलव ३६, पूर्वाधारतर्फ १४ दशमलव ९४, सुशासन तथा अन्तरसम्बन्धितमा सात दशमलव ७६ र कार्यालय तथा प्रशासनिक क्षेत्रमा २८ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको उहाँले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

प्रमुख प्रशासकीय अधिकृत पौडेलले चालु आवको पहिलो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाइमा विषयगत शाखाको समेत संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागीहरुले पुलाचौर स्वास्थ्यचौकीमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्थापन नभएको, उपभोक्ता समितिहरुलाई पेश्की दिनुपर्ने, कक्षा १–५ मा दरबन्दीअनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्ने, तातोपानी कुण्ड, गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई करको दायरामा ल्याउनुपर्ने, निर्माणाधीन रावणपार्कलाई तीव्रता दिनुपर्ने, बेनी–पुलहाश्रम र जगन्नाथसम्मको सडक स्तरोन्नति गर्नुपर्नेलगायत गुनासाहरु गरेका थिए ।

यसअघि सम्पन्न सार्वजनिक सुनुवाइमा उठेका सवाल र सम्बोधन भएका विषयहरुलाई पनि जोड्नुपर्ने, नगरपालिकामा प्रदेश र केन्द्रबाट आएका योजनाहरुको विषयमा जानकारी दिनुपर्ने, सार्वजनिक जग्गा व्यक्तिगत बनाएकाले यसलाई कानुनी दायरामा ल्याउनुपर्ने, समुदायस्तरमा सचेतना तथा महिलासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, अव्यवस्थित रुपमा टाँगिएका बिजुलीका तार र पोलहरु हटाउनुपर्ने तथा कृषकलाई सहजीकरण गर्नुपर्नेलगायत मागहरु सहभागीहरुले उठाएका छन् ।
सार्वजनिक सुनुवाइमा रामप्रसाद सुवेदी, रामचन्द्र पौडेल, टंकनाथ शर्मा, हरिप्रसाद पौडेल, यामबहादुर बानियाँ, शान्ति शर्मा, मोतिलाल नेपाली, यामबहादुर बानियाँ (रामु), भोजबहादुर कार्की, गिरेन्द्र बानियाँ, खड्कबहादुर दर्जी, प्रेमबहादुर नेपाली, यामकुमारी पुन र प्रेमबहादुर बानियाँले प्रश्न गरेका थिए ।

सहभागीहरुले उठाएको प्रश्न तथा जिज्ञासाको उत्तर दिँदै नगर प्रमुख सुरत केसीले ग्रामीण भेगमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बिक्री वितरणको व्यवस्थापन गर्ने पहल भैरहेको जानकारी दिनुभयो । उहाँले अव्यवस्थित रुपमा विद्युतका पोल र तारहरुलाई व्यवस्थापन गरिने बताउँदै बेनी नगरपालिकाले कुनै पनि करको दररेट परिवर्तन नगरिएको बताउनुभयो । कानुनी झमेलाका कारणले भाडादर समायोजनमा समस्या भएकाले समाधानका लागि आवश्यक पहल गरिने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिइएको बताउँदै यसवर्ष बेनीको २ र १० नम्बर वडामा ‘उपमेयरसँग आमा’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेल, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), बेनी अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर अनुषा मानन्धर र बेनपाका इन्जिनियर बिमलरञ्जन कार्कीले कार्यक्रम तथा योजनाको बारेमा जानकारीसहित जवाफ दिनुभएको थियो । कार्यक्रम बेनी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालन, पत्रकारद्वय कमल खत्री र प्रताप बानियाँले सहजीकरणमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...