सिंगामा लैगिंक हिंसा विरुद्ध सचेतना कार्यक्रम

Gandaki Kotihome

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बिहिबार सामाजिक कुरिति, बालबिवाह, लैगिंक हिंसा, जातीय भेदभाव, लागू पदार्थ दुव्र्यसनी तथा आत्महत्या निरुत्साहन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, आमा समूह, युवा क्लवका प्रतिनिधि र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले लैगिंक हिंसा, घरेलु हिंसा तथा बालबालिका विरुद्ध हुने अपराध एवं कानूनी सचेतनाका विषयमा सहजिकरण गर्नुभएको थियो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)को अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले लैगिंक हिंसा न्युनीकरणका लागि महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन जोड दिएको बताउनुभयो ।

लैगिंक हिंसा विरुद्धको अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मातहतका इकाईहरुले लघु सचेतना कार्यक्रम एवं सचेतनामुलक पर्चा वितरण गरेका छन् । बेनी नगरपालिका ९ तोरीपानीमा रहेको उत्साही आमा समूहको सभाहलमा ६० जनाको सहभागितामा प्रहरी सहायक निरीक्षक बिक्रम तिवारीले लैगिंह हिंसा, घरेलु हिंसा तथा बालबालिका विरुद्ध हुने अपराध तथा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमीको कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रहरी सहायक निरिक्षक कृष्ण विश्वकर्मा र प्रहरी जवान प्रविण थापाले घरेलु हिंसा तथा बाल बिवाहका विरुद्धमा प्रशिक्षण दिनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...