सारदा, हेम, म्याग्दी एकेडेमी र वेष्ट पोइन्ट जेसीजकपको क्वाटरफाइनल प्रवेश

Gandaki Pardesh notice

बेनी, । सरदा, हेम मावि, म्याग्दी एकेडेमी र न्यु वेष्ट पोन्ट आवासीय मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

बेनीको खुल्ला मञ्चमा बिहिबार भएको पहिलो चरणको खेलबाट दुई वटा विद्यालय दोस्रो चरणमा र दोस्रो चरणको खेलबाट चार वटा विद्यालय क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

साविक बिजेता सारदा माविले जामुनाखर्क मावि अर्थुङ्गेलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै दोस्रो क्वाटरफाइनल पुगेको आयोजक म्याग्दी जेसीजका महासचिव समेत रहनुभएका जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

मालिका गाउँपालिका–५ मगरदाङको गौ बोमबस्त माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बेनी नगरपालिका–४ को म्याग्दी एकेडेमी क्वाटरफाइनल पुगेको हो । न्यु वेष्ट पोइन्ट आवासीय माविले गलेश्वर आदर्श माविलाई शून्यका विरुद्ध नौ गोल गरेर क्वाटरफाइनल पुगेको छ ।

धवलागिरी गाउँपालिका–७ को हेम मावि शिवाङले सोही वडाको धारापानीमा रहेको किसानी चन्द्रकुन्ता माविलाई पेनाल्टी सुटआउटमा १४ का विरुछ १५ गोल गरेर क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

Bhautik ministry notice about road

बेनीको लिटिल गार्डेन एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३ का विरुद्ध ४ गोल गरेर बेनी नगरपालिका–४ तातोपानीको सरस्वति मावि र बेनपा–८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयलाई शून्यका विरुद्ध १ गोल गर्दै जनप्रिय मावि दरवाङ दोस्रो चरणमा पुगेका छन् ।

शुक्रबार माउन्ट एभरेष्ट आवासीय मावि र सरस्वती आधारभूत विद्यालय, गलेश्वर मावि र बेनी सामुदायिक, बेनी बोर्डिङ र सरस्वती मावि, जनप्रिय मावि र धौलागिरी माविबीच दोस्रो चरणको खेल हुने भएको छ । शारदा मावि र न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र शुक्रबारको पहिलो खेलको बिजेता टिम र म्याग्दी एकेडेमीबीच क्वाटर फाइनल हुने आयोजकले जनाएका छन् ।

२३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको मुुख्य प्रयोजक गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन संस्थापक रहनुुभएको राम–बिमला गौचन फाउण्डेशन रहेको छ । फाउडेशनले प्रतियोगिता सञ्चालनका लागि रु. एक लाख सहयोग गरेको छ ।

२१ वर्षदेखि वार्षिक रुपमा सञ्चालन हुदै आएको जेसीजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीहरुमा लोकप्रिय मानिन्छ । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक विनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई रु. पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

प्रतियोगितामा रु. सात लाख पचास हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...