धवलागिरीलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी

Gandaki Pardesh notice

१२० घरधुरीलाई सोलार सेट बितरण

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी भएको छ ।

केन्द्रीय प्रशारण लाइन, लघुजलबिद्युत परियोजना र सौर्य उर्जा मार्फत बिद्युतीकरण गरेर उज्यालो पालिका घोषणा गर्न लागेको हो । हालसम्म बिद्युत नपुगेको वडा न. ४ को मुदी र खाम्लामा केन्द्रीय प्रशारण लाइन पुगेपछि सरकारको मापदण्ड अनुसार धौलागिरीलाई उज्यालो पालिका घोषणा गर्न सकिने अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

उज्यालो पालिका घोषणा गर्ने कार्यक्रम अनुसार केन्द्रीय लाइन बिस्तार हुन नसक्ने र लघुजलबिद्युत परियोजनाको समेत सम्भावना नभएका घरधुरीमा प्रदेश सरकारले उपलब्ध गराएको सौर्य उर्जा बितरण गरिएको छ ।

१२० वटा घरलाई ५० वटा क्षमताको सौर्य उर्जा बितरण गरिएको अध्यक्ष पुनले बताउनुभयो । वडा न. ६ मराङका २५ र वडा न. ४ मा पर्ने सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका ९५ घरलाई सोलार सेट बितरण गरिएको हो । छुटेका घरधुरी पहिचान गरेर सोलार सेट उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

२४ हजार रुपैयाँ मूल्य पर्ने सोलार जडान गर्न उपभोक्ताले चार हजार २७३ रुपैयाँ सहभागिता जनाएका छन् । प्रदेश सरकारले २० वाट क्षमताको सोलार बितरण गर्ने योजना बनाएपछि पालिकाहरुको सुझावको आधारमा ५० वाटको बितरण गरेको हो ।

उज्यालो पालिका घोषणा गर्न कुल घरधुरीको ८५ प्रतिशतमा केन्द्रीय, लघुजलबिद्युत र सौर्य उर्जाको पहुँच हुनुपर्ने सरकारको मापदण्ड छ । वडा न. ७ ताकममा पुर्ण र वडा न. ६ मराङमा आंशिक रुपमा केन्द्रीय लाइन पुगेको छ ।

मराङ, मल्कवाङ, खिवाङ, मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया, गुर्जामा लघुजलबिद्युत परियोजनाको बिद्युत सुबिधा छ । मुना, मुदी, खाम्ला, मराङ र मल्कवाङमा केन्द्रीय लाइन विस्तारको तयारी समेत भएको छ ।

पालिकाले गत वर्ष लुलाङको दरखोला दोस्रो लघुजलबिद्युत परियोजना पुननिर्माण र बगरमा सौय उर्जा जडान गरेको थियो । चेचुङ गाउँमा पनि सौर्य उर्जाबाट बिद्युतीकरण गरिएको छ । ७ वटा वडा रहेको धवलागिरी गाउँपालिकामा कुल तीन हजार १२९ घरधुरीको बसोबास छ ।

कुल घरधुरीको ९० प्रतिशतमा कुनै न कुनै प्रकृतिको बिद्युत सुबिधा पुगेको गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...