बेनीका ११ वटा सहकारी संस्था खारेज हुुदै

Shreekrishna hardware

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ११ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने प्रक्रीया अघि बढाएको छ ।

दुुई वर्ष भन्दा बढी समयदेखि कुुनै कारोबार नगरी निष्कृय रहेका सहकारी संस्थाहरुलाई खारेज गर्न लागिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको छ । डिभिजन सहकारी कार्यालय बागलुुङ मा दर्ता भएका ती सहकारी संस्थाहरु पछिल्लो समय निष्क्रीय रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले निष्क्रीय सहकारी संस्थाको दर्ता खारेजी गर्न लागिएका सहकारीका शेयर सदस्यहरुले सहकारीहरुसँग कुुनै लिन वा दिन भए सम्पर्क गर्न बुुधबार १५ दिने सार्वजनिक सूूचना जारी गरिएको बताउनुुभयो ।

Shreekrishna
Ban devision notice

निष्क्रीय सहकारीका नाममा सम्पर्कमा आउन यसअघि गत जेठ १९ गते सार्वजनिक सूूचना जारी भएको थियो । सार्वजनिक सूूचना जारी गर्दा पनि सम्पर्कमा नआएकाले सहकारी ऐन, २०४७ को दफा ८८ को उपदफा (३) (क), बेनी नगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ उपदफा (३) अनुुसार दर्ता खारेज गर्न लागिएको प्रमुुख प्रशासकीय अधिकृत पौडेलले बताउनुुभयो ।

साविक अर्थुुङ्गे गाविसको प्रभात साझा सहकारी संस्था लि., बेनपा १० को पात्लेखेत उपभोक्ता सहकारी संस्था, बेनपा २ को शवक्ति हुुलाकेखबरा दुुग्ध उत्पादक सहकारी संस्था लि., बेनपा ३ को समाजकल्याण व्यवसायिक कृषि सहकारी संस्था र शिवालय व्यवसायिक कृषि सहकारी संस्थाको दर्ता खारेजी गर्न लागिएको हो ।

यसैगरी बेनी नगरपालिका ७ को बेनी उपभोक्ता सहकारी संस्था, सम्बृद्ध कृषि सहकारी संस्था, बेनपा ८ को धौलागिरी दुुग्ध उत्पादक सहकारी संसथा, बेनपा ९ को आदर्श उपभोक्ता सहकारी संस्था र बेनपा १० को पात्लेखेत दुुग्ध उत्पादक सहकारी संस्था पनि खारेजी हुुने प्रक्रीयामा रहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...