जेसीजकप फुटबल प्रतियोगिता शुुरु

Gandaki Kotihome

बेनी, ः म्याग्दीको सदरमुुकाम बेनीमा बुुधबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिता शुुरु भएको छ ।

२३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको पहिलो दिन चार वटा खेल भएका छन् । उद्घाटन खेलमा साविक बिजेता सारदा माविले वुुद्ध एकेडेमिलाई शूून्यका विरुद्ध एक गोल गर्दै बिजय शुुरुवात गरेको छ ।

प्रकाश माविले गौबोम बस्त माविलाई दुुईका विरुद्ध तीन, न्यु वेष्ट पोइन्ट आवासीय माविले मंगला माविलाई शूून्यका विरुद्ध पाँच, बेनी सामुुदायिक माविले किसानी मावि बिमलाई शूून्यका विरुद्ध पाँच गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका म्याग्दी जेसीजका अध्यक्ष सुुमन बानियाले जानकारी दिनुुभयो ।

Upper Myagdi transmition line notice

माउन्ट एभरेष्ट आवासीय मावि र के.बी एकेडेमी बीचको खेलको निर्धारित समयमा दुुवै टिमबाट एक÷एक गोल भएको थियो । पेनाल्टी सुुटआउटमा माउन्टले केबीलाई सातका विरुद्ध आठ गोल गरेर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

Annapurna aarohan ko notice

बेनीको खुल्ला मञ्चमा चार दिनसम्म सञ्चालन हुुने प्रतियोगिताको मुुख्य प्रयोजक गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन संस्थापक रहनुुभएको राम–बिमला गौचन फाउण्डेशन रहेको छ । फाउडेशनले प्रतियोगिता सञ्चालनका लागि रु. एक लाख सहयोग गरेको छ ।

२१ वर्षदेखि वार्षिक रुपमा सञ्चालन हुदै आएको जेसीजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीहरुमा लोकप्रिय मानिन्छ । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक विनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई रु. पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

प्रतियोगितामा रु. सात लाख पचास हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...