फुतफुते झरनाले पर्यटक लोभ्यायो

Gandaki Kotihome

बेनी, २० मंसिर ः गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताउनुभयो ।

सुवेदीसँगै आउनुभएका पर्यटन विद् रामहरी लामीछाने पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने फुतफुते झरनाको सौन्दर्यमा रमाउनुभयो । “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महशुस भयो,” उहाँले भन्नुभयो “अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो यो झरना । नेपालीहरु एक पटकै आउनैपर्ने ठाउँ रहेछ् ।”

फुतफुते झरनाको वेसान आवाजमा रमाउँदा जलको मोतिमा डुबेको अनुभव गरेको लामीछानेले बताउनुभयो । सुवेदी र लामीछाने मात्र नभएर नारच्याङ देखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकहरुका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ ।

Upper Myagdi transmition line notice

कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पुर्व मुख्य सचिव सुवेदीले बताउनुभयो । “सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,” उहाँले भन्नुभयो “झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ् ।”

Annapurna aarohan ko notice

अग्लो पहाडबाट सेतो रंगमा खस्ने झरनाको फेदीमा बनेको निलो रंगको सफा तलाउ मनमोहक छ । करिब ५० मिटर उचाईको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको अन्नपूर्ण गाउँपालिका–६ घारका राजाराम बरुवालले सुनाउनुभयो ।

नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर पदमार्ग तयार भएको छ ।

प्रथम आरोहीको सम्मानमा यो पदमार्गको नाम ‘मौरिज हर्जोग’ राखिएको छ । फुतफुते झरना यो पदमार्गको आकर्षण बनेको वडा सदस्य भिम शेरपुञ्जाले बताउनुभयो । नारच्याङ देखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोला देखि एक घण्टा ३० मिनेट पैदल हिडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । हुमखोला भन्दा माथि बस्ती नभएकाले खाने बस्ने सुविधा छैन् । पर्यटक आफैले तयारी खाना खाजा लिएर जानुपर्छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो झरना ‘भाईरल’ बनेको छ । दुई वर्षअघि सुनसान हुने झरना हेर्न मात्रै दैनिक २०÷३० आन्तरिक पर्यटकहरु आउने गरेका मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

फुतफुते झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रर्वद्धनका लागि तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “फुतफुते झरना वारपारका लागि अहिले रहेको काठको झोलुङ्गे पुललाई मर्मत गर्ने तयारी गरिएको छ,” उहाँले भन्नुभयो “फुतफुते सहित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर क्षेत्रमा पूर्वाधार निर्माणका लागि पर्यटन गुरुयोजना बनाउन अध्ययन शुरु भएको छ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...