जलजलामा सामाजिक कुरिति विरुद्ध सचेतना कार्यक्रम

Add Samajik bikash office

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामाजिक कुरिति विरुद्ध र आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा २० औ महिला सामुदिायक स्वास्थ्य स्वमसेविका दिवस पनि मनाइएको थियो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले समाजमा विद्यमान कुरिति र गलत संस्कारको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँले गलत संस्कारका कारण लैङ्गिक हिंसा हुने गरेको बताउनुभयो । आत्महत्या न्युनीकरण गर्न सकारात्मक सोचको विकास गर्नुपर्ने र महत्वाकाक्षा त्याग्नुपर्ने अध्यक्ष आचार्यको भनाई थियो ।

कार्यक्रममा मनोचिकित्सक सिर्जना आचार्यले आत्महत्या रोकथाम तथा न्युनीकरणका उपायका विषयमा सहजिकरण गर्नुभएको थियो । सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मुना अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गर्नुभएको थियो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्सालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविका, आमा समूह, सामाजिक परिचालन, महिला जनप्रतिनिधि सहित १५० जनाको सहभागिता रहेको छ । जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...