काँग्रेसका नेता रकाल सहित तीन जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेस म्याग्दीका सहसचिब भरत रकाल लगायत तीन जनामा शुक्रबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट टे«सिङमा पर्नुभएका रकालको पोखरा स्थित प्रयोगशालामा स्वाब नमुनाको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । रकालले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउदै स्वाब दिएपछि मापदण्ड अनुसारको होम आइसोलेशनमा बसेको बताउनुभएको छ ।

Bhautik ministry notice about road

यसैगरी बेनी नगरपालिका–७ का ४४ वर्षका एक जना पुरुष र ३९ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयल, म्याग्दीले जनाएको छ । उनिहरु फेन्सी ब्यवसायी भएको बुझिएको छ ।

Shreekrishna hardwear in news

होम आइसोलेशनमा बसेका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । म्याग्दी जिल्लाबाट हालसम्म एक हजार ८३६ जनाको स्वाब नमुना संकलन गरि पिसिआर बिधिबाट परिक्षणका लागि पठाइएकोमा एक हजार ८०७ वटाको रिपोर्ट आएको छ । २९ वटाको रिपोर्ट आउन बाँकी छ ।

हालसम्म जिल्लामा ११ जना महिला सहित ७७ जनामा कोरोना पुष्टि भएकोमा ५८ जना निको भएका छन् । जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका ६ जनाको औपचारिक र ४ जनाको अनौपचारिक रुपमा जानकारी आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...