२१ औ जेसीजकपको उद्घाटन

Add Samajik bikash office

बेनी, । अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजक फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ ।

बेनीको खुल्ला मञ्चमा बुधबारदेखि खेल शुरु हुने प्रतियोगिताको मुख्य प्रायोजक राम–बिमला फाउण्डेशनका संस्थापक रहनुभएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभएको हो ।

चार दिनसम्म सञ्चालन हुने २२ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिता सञ्चालन गर्न फाउण्डेशनको तर्फबाट सांसद गौचनले रु. एक लाख आयोजक म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियालाई हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news

२१ वर्षदेखि वार्षिक रुपमा सञ्चालन हुदै आएको जेसीजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीहरुमा लोकप्रिय मानिन्छ । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक विनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई रु. पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रतियोगितामा रु. सात लाख पचास हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रदेश सभा सदस्य गौचनले म्याग्दीको फुटबल खेलको विकासका लागि जेसीजकप आधार बनेको बताउनुभयो ।

“विद्यार्थीहरुमा खेल प्रतिभाको प्रस्फुटन र क्षमता विकास गर्न जेसीज कप फुटबल प्रतियोगिता प्रभावकारी बनेको छ,” उहाँले भन्नुभयो “स्वर्गीय श्रीमानको खेल क्षेत्रमा रहेको योगदान र चासोका कारण जेसीजकपलाई सहयोग गरेको हो ।”

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जेसीज कप फुटबल प्रतियोगिताले म्याग्दीका खेलाडीलाई राष्ट्रिय स्तरमा पुग्न सहयोग गरेको बताउनुभयो । संघीय र प्रदेश सरकारबाट सहयोग नपाउँदा बेनीको खुल्ला मञ्च खेलमैदान निर्माणलाई पूर्णता दिन नपाएको गुनासो गर्नुभयो ।

बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जेसीज कप फुटबल प्रतियोगिताले जिल्लामा फुटबल खेलको विकासमा सहयोग पुगेको बताउनुभयो ।

विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर जेसीजले प्रतियोगिता आयोजना गर्दै आएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले बताउनुभयो । सो कार्यक्रममा म्याग्दी जेसीजले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय र तितृय हुने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको संचालन जेसिज महासचि कुमार बानियाँले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...