म्याग्दीमा आलु खेतीको सम्भावना : तीन करोडको आयोजना संचालन, १२५ हेक्टरमा लगाइने

Gandaki Ghumau

बेनी, म्याग्दीमा आलु खेतीको विस्तार र प्रवर्द्धनका लागि तीन करोड रुपैयाँ बजेटको आयोजना संचालन भएको छ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना संचालन गरेको हो।

जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानका रुपमा परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ। उक्त आयोजनाअन्तर्गत प्रस्ताव आह्वान गरेर कृषक समूह र कृषि सहकारी छनोट भएको कार्यालयका अधिकृत सम्झना शर्माले जानकारी दिए।

Shreekrishna

उनका अनुसार छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी १२ हजार रुपैयाँका दरले बीउ खरिदलगायत उपकरण किन्नका लागि अनुदान उपलब्ध गराइनेछ। चालु आर्थिक वर्ष २०८०/८१ मा यस आयोजनामार्फत जिल्लामा यस वर्ष हिउँदे र बर्खे गरि करिब १२५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार हुनेछ।

Gunasthariya Shiksya

कम्तीमा १० घरधुरी समेटिएको ३० रोपनीभन्दा बढीमा आलु खेती गर्ने १८ वटा समूह तथा सहकारी अनुदानका लागि छनोट भएको अधिकृत शर्माले जानकारी दिए। हिउँदे आलु लगाउन बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरि गाउँपालिकाका १८ वटा समूहले प्रक्रिया पुर्‍याएर आवेदन दिएका थिए। यी समूहले ५० हेक्टरमा खायन आलु लगाउनेछन्।

‘आलु खेती लगाउने सहकारी र कृषक समूहलाई कूल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ’, उनले भने।

सबैभन्दा बढी मङ्गला–३ का धापुङ महिला कृषि समूहले १४ रोपनीमा हिउँदे आलु लगाउने भएका छन्। हिउँदे आलु लगाउनका लागि अन्नपूर्ण र रघुगङ्गाका कृषक समूहबाट आवेदन परेको छैन।

स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन बजेटलाई प्रयोग गरिने केन्द्रले जनाएको छ। म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन्।

म्याग्दीमा बीउको आलु उत्पादन गर्नका लागि समूह छनोट गरेर यस वर्ष १० रोपनीमा लगाउने योजना केन्द्रले गरेको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...