थकालीको भाषा र संस्कार लोप हुने चिन्ता

Gandaki Pardesh notice

बेनी, । थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता संकटमा पर्न थालेकोमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजि एक कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ ।

पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा बोल्नेको संख्या घट्दै गएको र अनिवार्य गर्नुपर्ने कार्यहरुमा समेत चासो कम हुदै गएको बताइएको थियो । थकाली सेवा समाज नेपाल र थकाली अनुसन्धान केन्द्रको मुख्य आयोजनामा सुरू भएको १५ दिने थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनले परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउनपर्ने समय आएको बताउनुभयो ।

उहाँले थकाली जातिले जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कृतिको जर्गेनामा यूवापुस्ताको सक्रियता र नेतृत्व आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले हरेक थकालीले आफ्ना धर्म, संस्कृति, भाषालाई अनिवार्य प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रशिक्षण कार्यक्रममा थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष एवम् तालिमका प्रशिक्षक गोेन्द्रमान भट्टचन, अध्यक्ष नरेश कुमार तुलाचनले थकाली समुदायको उत्थान र विकासमा भाषा र संस्कृतिको संरक्षण गर्न थकाली समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता थकाली सेवा समाज नेपालका अध्यक्ष गजेन्द्र तुलाचन, स्वागत केन्द्रिय सदस्य शंकर शेरचन, थकाली सेवा समाज वेनीका उपाध्यक्ष सुन्दरमान शेरचनले मन्तब्य र सञ्चालन थकाली अनुसन्धान केन्द्रकी सचिव शुसिला शेरचनले गर्नुभएको थियो ।

तालिमको अवसरमा अनुसन्धान केन्द्रबाट प्रकाशित थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई पुस्तक समेत विमोचन गरिएको थियो । थकाली जातिमा छोप्ने विवाह, मागी विवाह, प्रेम विवाह गरेपनि खिमीच्हुव गरेमात्र विवाहले मान्यता प्राप्त हुने थकाली यूवा नेपालका सचिव दिलिप गौचनले बताउनुभयो । १५ दिनसम्म थकाली जातिको संस्कार, खिमीच्हुव तथा तोरन्ल क्होईमा केन्द्रित भएर तालिम दिइने थकाली सेवा समाज नेपालले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...