पाँच जना कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा बिहिबार थप ५ जनाको कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित मध्य तीन जना पुरुष मंगला गाउँपालिकाका कर्मचारी र दुई जना महिला बेनी अस्पतालका स्वास्थ्यकर्मी हुन् । उनिहरु सबै यसअघि संक्रमण पुष्टि भएकाहरुसँग नजिकको सम्पर्कमा भएका कारण कन्ट्याक्ट टे«सिङमा परेका थिए ।
संक्रमित स्वास्थ्यकर्मी बर्ष २७ र २१ का छन् ।

उनिहरु उपचारका लागि आएका कोरोना संक्रमितको कन्ट्याक्ट टेसिङमा परेका थिए । यसैगरी मंगला गाउँपालिकाको कार्यालयमा कार्यरत वर्ष ३५, २८ र २४ का तीन जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनिहरुलाई स्थानीय आइसोलेशनमा राखिएको छ । कात्तिक २ गते ४८ जनाको स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पोखरा पठाइएको थियो ।

म्याग्दी जिल्लाबाट हालसम्म एक हजार ८३० वटा स्वाब नमुना संकलन गरेर पिसिआर परिक्षण गर्न पोखराको प्रयोगशालामा पठाइएको छ । एक हजार ६७८० वटा नमुनाको नतिजा आएको छ । ५० वटाको नतिजा आउन बाँकी छ ।

म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ७४ जना जना पुगेको छ । १० जना महिला र ६४ जना पुरुष छन् । ५८ जनाले कोरोना जितेर घर गएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...