अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दावी

Shreekrishna hardware

नारच्याङ (म्याग्दी) १५ मंसिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दावी गरेको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्य सहित रोयल्टी दावी गरिएको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दावी पेश गरिएको जानकारी दिनुभयो ।

“म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ,” उहाँले भन्नुभयो “म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट बञ्चित भएकाले तथ्य सहित दावी पेश गरिएको हो ।”

Shreekrishna

गत वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका ५ वटा समूहका ५४ जनाले रु. एक करोड चार लाख २६ हजार ४१० शूल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका थिएनन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाल लगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुरलाई तीन तहको सरकारलाई बाँडफाड गर्दै आएको छ । सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो ।

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाईमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो ।

१३ वर्षअघि अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा पर्ने तथ्य पहिचान भएपछि तत्कालिन जिल्ला विकास समितिको सभाले पनि रोयल्टी माग गरेपनि सम्बोधन भएको थिएन् । पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकाले रोयल्टीको दावी गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधीकारीहरुको टोलीले स्थलगत अध्ययन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

आयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदी, पर्यटन विद् रामहरी न्यौपाने, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा र पत्रकार सहितको टोली नारच्याङ हुदै चार हजार ३०५ मिटरको उचाईमा रहेको अन्नपूर्ण आधार शिविर पुगेर बिहिबार फर्किएको छ ।

“राज्य पुनसंरचनाका क्रममा जिल्ला तहबाट भएको सिफारिस अनुसार यो गाउँपालिकाको नामाकरण अन्नपूर्ण हिमालबाट भएको थियो,” राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेलले भन्नुभयो “राज्यका निकायहरुबाट प्राप्त तथ्याङ्क हरुको आधारमा रोयल्टीको बाँडफाँट हुने गर्छ । हामीले प्रयोग गरेका तथ्याङ्कमा समस्या रहेछ भने त्यसलाई सच्चाउन सकिन्छ ।”

आयोगका सदस्य गुरुङले अन्नपूर्ण हिमाल आरोहरणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दावीलाई तथ्य र तथ्याङ सहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...