हिस्तानका वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए्

Gandaki Kotihome

बेनी, म्याग्दीका एक जना वडा अध्यक्षले जन्मदिनको अवसरमा शुक्रबार आफ्नो वडाका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको छ ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ का हिस्तानका वडा अध्यक्ष मइलन पुर्जा पुनले व्यक्तिगत खर्चमा वडाका कक्षा १० सम्म अध्यक्ष गर्ने १९२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको हो ।

औल, दोसल्ले र घराम्दीको आधारभूूत तथा टिकोट र रिमको माविका १५८ जना तथा छिमेकी गाउँ तिप्ल्याङको कालिका माविमा पढ्ने ३४ जना विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेको वडा अध्यक्ष पुुनले बताउनुुभयो । ४६ जना शिक्षकहरुलाई रातो कलम वितरण गर्नुुभएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“फजुुल खर्च गरेर जन्मदिन मनाउने परम्परा तोड्न सन्देश प्रवाह गर्ने उद्देश्यले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री वितरण गरिएको हो,” उहाँले भन्नुुभयो “समुदायलाई विद्यालय र शिक्षासँग जोड्ने प्रयास गरेको छुु ।”

वडा कार्यालयको प्रस्तावमा शैक्षिक सुधारका लागि गत वर्ष शिवालय आधारभूूत विद्यालयलाई रु. एक लाख खर्च गरेको र यसपाली मण्डली आधारभूूत विद्यालयमा बाल उद्यान निर्माण भएको छ । आगामी बर्ष अन्य विद्यालयमा पनि कार्यक्रम गरिने वडा अध्यक्ष पुुर्जाले बताउनुुभयो ।

३० वर्षीय पुुन म्याग्दीको ४५ मध्य सबैभन्दा कम उमेरका वडा अध्यक्ष हुुुनुुुहुुन्छ । वि.स. २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेकपा एमालेबाट उमेद्वार बन्नुुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...