दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो । बुधबार दिउँसो बच्चा जन्माउन नसकेपछि बच्चा र आमाको अवस्था जटिल देखिएपछि दग्नाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीलाई खबर गरेका थिए ।

Bhautik ministry notice about road

शाहीले लगत्तै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा खबर गर्नुभयो । मन्त्रालयले एयर लिफ्ट कार्यक्रम मार्फत एयर डाइनेष्टिको हेलिकप्टर दग्नाम पठायो । दग्नामबाट पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेर गर्बुजालाई शल्यक्रिया मार्फत प्रसुति गराइएको थियो ।

Shreekrishna hardwear in news

पाठेघरमा बच्चा अगाडी साल आई अड्कीएको र प्रि मट्युरेड डेलिभरी केशका कारण गर्बुजालाई प्रसुति हुन समस्या भएको थियो । रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख शाहीले समयमै उद्दार गरेर आमाको ज्यान बचाउन सफल भएको बताउनुभयो ।

दुई किलोग्राम तौल भएको बच्च्को बिहिबार बिहान उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...