अन्नपूूर्ण र बेनीमा पशुुमा पूूर्ण खोप कार्यक्रम

Gandaki Ghumau

बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मंगलबारदेखि पशुुमा पूूर्ण खोप कार्यक्रम सञ्चालन हुुने भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि अन्नपूूर्ण गाउँपालिका र बेनी नगरपालिकामा पहिलो चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो ।

Gunasthariya Shiksya

१५ दिनसम्म गाईभैसीलाई खोरेत र कुुकुुरलाई रेविज विरुद्धको खोप लगाउन परिचालन हुुने ३० जना प्राबिधिकहरुलाई सोमबार बेनीमा अभिमुुखीकरण गरि खोप सहित गाउँ गाउँमा पठाइएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रका पशुु सेवा प्राबिधिक सुुभाष रेग्मीले बताउनुुभयो ।
दोस्रो चरणमा म्याग्दीका अन्य पालिका र थप खोप लगाउने तयारी गरिएको छ । अभियानका क्रममा गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाइने केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बताउनुुभयो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय हो ।

Shreekrishna

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको छ । गण्डकी प्रदेश सरकारले संक्रामक रोग निर्मुल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा पशुमा पूर्ण खोप अभियान चलाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...