जलजलाको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी विद्याज्योतीले जित्यो

Gandaki Pardesh notice

मल्लाज, । जलजला गाउँपालिको मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी विद्याज्योती मा.वि.ले जितेको छ ।

मल्लाजमा शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र २ कास्य पदक सहित विद्याज्योती च्याम्पियन भएको हो । ११ स्वर्ण, ३ रजत र ६ वटा कास्य सहित २० वटा पदक जितेको जनकल्याण मा.वि. नाग्लीवाङ उपबिजेता बनेको छ ।

दुई स्वर्ण, तीन रजत र एक कास्य सहित ६ वटा पदक जितेको सालिजा मावि तेस्रो, दुई स्वर्ण र दुई कास्य पदक जितेको ग्रामप्रकाश मावि लेकफाँट चौथो भएका छन् । गत वर्षको बिजेता न्यू होराईजन मा.वि. वारीबेनी चार रजत र पाँच कास्य सहित ९ वटा पदकमा सिमित भयो ।

Shreekrishna hardwear in news

लुङ्दी आधारभूतले एक स्वर्ण, एक कास्य, बनौ माविले एक रजत, कृष्ण भवन धर्म माविले एक÷एक वटा रजत र कास्य, शिव माविले तीन÷तीन वटा रजत र कास्य पदक जितेको छ ।

Bhautik ministry notice about road

फर्से धाइरिङ माविले एक रजत र दुई कास्य, ज्योती माविले एक कास्य, ज्योतीमण्डल माविले एक रजत, फट्केढुंगा आधारभूतले एक रजत र अमृत आदर्श माविले चार रजत र एक कास्य सहित पाँच वटा पदक जितेको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १५ वटा विद्यालयले सहभागिता जनाएकामा शान्ति आधारभूत विद्यालय पदक बिहिन बनेको छ । एथलेटिक्स, कवड्डी र भलिबल बिधामा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका गाउँपालिकाको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो । प्रत्येक इभेन्ट, बिधागत र समग्रमा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ ।

भलिबलमा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. छ हजार, चार हजार पाँच सय र तीन हजार, कवड्डीमा प्रथम, दृतीय र तृतीय हुनेले चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीले व्यक्तिगत रु. एक हजार दुई सय देखि दुई हजार रुपैयासम्म पुरस्कार पाएका छन् ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य लगायत जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराइने गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...