रघुगंगाको दुर्गम बस्तीमा बिद्युतीकरण गर्न हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

Add Samajik bikash office

म्याग्दी । म्याग्दीको भौगोलिक रघुगंगा गाउँपालिका–६ को बिभिन्न बस्तीमा बिहिबार हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको छ ।

रघुगंगा गाउँपालिकाले सिम्रिक एयरको हेलिकप्टरबाट बेनी देखि रायखोर र मुलपानीमा ट्रान्सफर्मर ढुवानी गरेको हो । सडक सुबिधा नपुगेको बिकट क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तारका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘बिद्युत प्राधिकरणले सडक पुग्ने ठाउँसम्मका लागि मात्र ढुवानी गर्नेगरि ठेक्का लगाएको रहेछ,’ उहाले भन्नुभयो ‘वायरिङ भैसकेकको घरमा ट्रान्सफर्मर नभएर बिजुली नबलने देखिएपछि पालिकाले खर्च ब्यहोरेर ढुवानी गरेको हो ।’

७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा दुई लाख ६१ हजार ७०० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । ट्रान्सफर्मर ढुवानी गर्न बेनीबाट दुई पटक उडान भएको थियो ।

रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ । त्यहाँ लद्युजलबिद्युत परियोजनाको सुबिधा पनि छैन् । उज्यालोका लागि सोलार र टुकीमा निर्भर छन् । नेपाल बिद्युत प्राधिकरणले पाखापानीको कोटगाउँ देखि रायखोर उल्लेरी हुदै मुलपानी सम्म केन्द्रीय प्रशारण लाइनको पोल गाडेर तार तान्ने काम सकेको छ ।

ट्रान्सफर्मर चार्ज गरेपछि बिद्युत आपुर्ति गराइने प्राधिकरणको बेनी बितरण केन्द्रले जनाएको छ । संघीय र प्रदेश सरकारको कार्यक्रम अन्तरगत म्याग्दीका ग्रामिण क्षेत्रमा बिद्युतिकरण बिस्तारको काम तिब्र रुपमा भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...