बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

Gandaki Pardesh notice

बेनी, । लैङ्गिक हिंसा न्युनीकरणका लागि म्याग्दीका सरोकारवालाहरुले महिलाहरुको आर्थिक शसक्तिकरण जोड दिएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरकारी र सुरक्षा अधिकारीहरुले महिलाहरु आर्थिक र सामाजिक रुपमा कमजोर हुँदा उनिहरु हिंसाबाट पिडित भएका ठहर गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले लैङ्गिक हिंसा न्युनीकरणका लागि सचेतनामुलक कार्यक्रमसँगै आर्थिक रुपमा महिलालाई सक्षम बनाउनुपर्ने बताउनुभयो । “चेतनाको कमि र कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा आर्थिक रुपमा विपन्न र एकल महिलाहरुमाथि हिंसा भएको छ,” उहाँले भन्नुभयो “पुरुषहरुलाई सचेत र महिलालाई आर्थिक रुपमा सक्षम बनाउन आवश्यक छ ।”

Shreekrishna hardwear in news

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले करणी, करणी उद्योग, कुटपिट जस्ता अधिकांश लैङ्गिक हिंसा चिनेजानेका र परिवारका सदस्यबाटै भएकाले घरघरमा विभेदरहित अभियानलाई निरन्तरता दिनुपर्र्नेे बताउनुभयो ।

दुर दराजका गाउँबस्तीसम्म प्रहरीले हिंसा र विभेद विरुद्धको लघुसचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको प्रनाउ कुँवरले बताउनुभयो । गत आर्थिक वर्षमा म्याग्दीमा ४४ वटा लैङ्गिक हिंसा विरुद्धको मुद्दा दर्ता भएकोमा चालु आर्थिक बर्षको हालसम्म ४ वटा रहेका छन् ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले राजनीतिक, प्रशासनिक लगायत क्षेत्रमा आरक्षण मार्फत महिलाको सहभागिता बढेपनि घरभित्र उनिहरुलाई सहज बातावारण नभएको पाइएको बताउनुभयो ।

Bhautik ministry notice about road

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने प्रवृतिका कारण लक्षित समुदाय र सामाजिक विषय ओझेलमा परेको बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले जोड दिएको नगरप्रमुख केसीले बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सचेतनामुलक र क्षमता विकाससँगै महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन “आमा समूहसँग उपमेयर” कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । आमा समूह मार्फत महिला शसक्तिकरण, रोजगारी सिर्जना र उद्यमशिलताको विकासमा जोड दिएको उपप्रमुख लामीछानेले बताउनुभयो ।

कार्यक्रमका क्रममा लैङ्गिक हिंसा र बालबिवाह विरुद्धको सन्देशमुलक लघुचलचित्र ‘जुना’को विशेष प्रर्दशन गरिएको थियो । औपचारिक कार्यक्रम अघि लैङ्गिक हिंसाविरुद्धका प्लेकार्डसहित नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो । जनप्रतिनिधि, महिला अधिकारीवादी विभिन्न संघसंगठनका प्रतिनिधिहरू, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागितामा प्रभातफेरी गरी १६ दिने अभियानको उद्घाटन गरिएको हो । कार्यक्रमको सञ्चालन बेनी नगर कार्यपालिका अन्तरगतको सामाजिक विकास समितिका संयोजक चक्र केसीले गर्नुभएको थियो ।

अभियानका क्रममा स्थानीय तह, विभिन्न सङ्घसंस्था र महिला अधिकारकर्मीहरूको सहयोग र समन्वयमा जिल्ला प्रहरी कार्यालयले जिल्लाव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अभियानको यस वर्षको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने रहेको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...