दुई वर्षपछि काममा फर्किए मिलनचोक–धाइरिङ सडक योजनाका ठेकेदार

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाका ठेकेदार दुई वर्षपछि काममा फर्किएका छन् ।

निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको काम सूचारु भएको हो । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले मिलनचोक देखि धाइरिङ जोड्ने सडक निर्माण कार्य सूचारु भएको जानकारी दिनुभयो ।

“ब्याकुहोलोडर, एक्साभेटर, रोलर र मजदुर सहित अधकल्चो सडक निर्माणको कामलाई पूर्णता दिन थालेका छन्,” उहाँले भन्नुभयो “धेरै मेहनत र प्रयास गरेर ठेकेदारलाई काममा फर्काउन सफल भएका छौ । अब योजना सम्पनन गराउन केन्द्रित हुन्छौ ।”

Shreekrishna hardwear in news

मिलनचोक देखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न वि.स. २०७६ मंसिर ६ गते रु. २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक वि.स. २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक २०८० मंसिर महिनासम्मका लागि थपिएको म्याद सकिने बेलामा ठेकेदारले अधुरो काम सूचारु गरेका हुन् ।

धाईरिङ सल्यानका गिरीधारी पौडेलले ठेकेदार काममा फर्किएपछि सडक कालोपत्र हुने आशा पलाएको बताउनुभयो । स्थानीयबासी र जनप्रतिनिधिहरुले सडक निर्माणमा भएको ढिलाईप्रति खवरदारी र दवाव दिएका थिए ।

Bhautik ministry notice about road

धाइरीङका बासिन्दाले बेनी–मालढुङ्गा सडकको छेउमा सञ्चालक र सडक समयमै सम्पन्न नहुदाँको अवस्था झल्काउने तस्विर सहित गत फागुनमा “ठेकेदार हराएको सूचना” लेखेको ब्यानर झुण्डाएका थिए ।

सडक अधुरो हुँदा आवत जावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भुक्षयको समस्या बढेको छ । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको छ । ५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउन धेरै ठाउँमा डोजरले भत्काइएको छ ।

अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रको तयारी गरिएको थियो । ठेकेदारले नाली सफा गर्ने, पहिरो पन्छाउने, बाँकी पर्खाल, नालि निर्माणको काम शुरु गरेको छ ।

यो सडक धाइरीङका एक हजार भन्दा बढी घरधुरीले प्रयोग गर्छन् । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज अपेक्षा गरिएको छ ।

यो सडकको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । प्रतिकुल भूगोल, नदीजन्य निर्माण सामग्रीको अभाव र सामाजिक समस्याले निर्माणमा ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...