ताराखोला गाउँपालिकाले बनायो श्रम बैंक

Gandaki Pardesh notice

ताराखोला, । बाग्लुङको ताराखोला गाउँपालिकाले श्रम बैंक स्थापना गरेको छ ।

गाउँपालिकामा सञ्चालन हुने विकास आयोजनाका लागि आवश्यक जनशक्ति आपुर्ति र रोजगारी सिर्जना गरि विदेश पलायन हुने समस्या घटाउन श्रम बैंक स्थापना गरेको हो । गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक (हिमाल)ले श्रम बैंकमा आवेदन संकलन गरेर ६७ जनालाई सूचिकृत गरिसकेको जानकारी दिनुभयो ।

“एक वटा वडामा २१ जनाको दरले पाँच वटै वडामा टिम बनाएका छौ,” उहाँले भन्नुभयो “एक जना प्राबिधिक, लेखा र सुपरभाइजर सहितको श्रम बैंक मार्फत ताराखोलाका विकास निर्माणका काम गर्दैछौ ।”

Shreekrishna hardwear in news

पालिकाले बजेट बिनियोजन गरेका, संघीय र प्रदेशका आयोजनामा श्रम वैंक मार्फत जनशक्ति आपुर्ति गरिने अध्यक्ष बिकले बताउनुभयो । गाउँपालिकामा रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि बैंकमा सूचिकृत गरिएको छ ।

विश्व श्रम बैंक कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ताराखोलाले रु. सत्तरी लाख बजेट बिनियोजन गरेको छ । श्रम वैंकमा आवद्ध भएका जनशक्तिलाई सिपमुलक तालिमको व्यवस्था गरिने भएको छ ।

Bhautik ministry notice about road

कोरीया, चिन, जापान लगायत विदेशमा रोजगारीका लागि जानेहरुका लागि पनि श्रम बैंक मार्फत दक्ष बनाउने गाउँपालिकाको योजना छ । विकास निर्माणका अलावा सामाजिक गतिबिधिमा पनि श्रम बैंकका जनशक्तिलाई परिचालन गरिने अध्यक्ष बिकले बताउनुभयो ।

ताराखोला गाउँपालिकाले गण्डकी प्रदेशमै सम्भवत पहिलो पटक श्रम बैंकको अभ्यास गर्न लागेको हो । श्रम बैंक स्थापनाका लागि कार्यबिधी समेत बनाएको छ ।

यसैगरी ताराखोलामा रहेका स्लेट ढुंगा खानीहरुलाई बैधानिक बनाएर पालिकाको आयस्रोत वृद्धि तथा रोजगारी सिर्जनाको लागि संघीय र प्रदेश सरकारसँग पहल थालेको अध्यक्ष बिकले बताउनुभयो ।

संघीय सरकारको गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम ताराखोलामा गर्न हालै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर अनुरोध गरिएको पनि अध्यक्ष बिकले बताउनुभयो ।

ताराखोलाले शहिद, घाइते, अपांगता र वेपत्ता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण गर्दै आएको छ । जनयुद्धका २७ शहिद परिवारलाई मासिक रु. एक हजारका दरले जीवन निर्वाह भक्ता वितरण गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकामा बसोबास गरी सरकारी तलबभत्ता खाने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन नीतिगत व्यवथ गरेको छ । कक्षा १, २ र ३ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...