शान्तिको कामना गर्दै सांसद विमला गौचनद्वारा रामग्राममा प्रार्थना

Gandaki Pardesh notice

बेनी, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले देशमा शान्तिको कामना गर्दै रामग्राममा प्रार्थना गरेकी छिन् । उनले अशान्ति बढ्दै गएकाले शान्तिको कामना गर्दै परासी जिल्लामा रहेको बुद्धको अस्तु राखिएको रामग्राम स्तुपामा प्रार्थना गरेकी हुन् ।

गौचनले नेपालीहरुमा एकताको खाँचो झन् बढेको समेत बताइन् । सबै मिलेर देश बनाउनुपर्नेमा आपसी द्वेष र घृणा बढाउने क्रियाकलापको अन्त हुनुपर्नेमा जोड दिइन् । आफूले देशमा सबैमा एकता र मेलमिलापको विकास होस् भन्ने हेतुले राम्रग्राममा पुगी प्रार्थना गरेको बताइन् ।

बुद्धको अहिंसा र शान्तिको सन्देशलाई सबैले शिरोधार्य गर्नुपर्ने उनको भनाई छ । गौतम बुद्धको जन्मस्थान भइकन पनि नेपालमा अशान्तिका घटना बढ्नुले आफू गम्भीर बनेको बताइन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रामग्राम परासी जिल्लामा अवस्थित स्तुपा हो जसको लामो इतिहास छ । त्यहाँ बुद्धको अस्तु रहेको छ ।

प्राचीन समयको कोलिया गणराज्यको राजधानी पण्डीतपुर, रामग्राम र देवदहको बारेमा विभिन्न अध्यनन अनुसन्धान र उत्खनन्ले रामग्राम स्तुपलाई विश्व सम्पदा सूचीमा राख्ने काम अगाडि बढेको छ । रामग्राम स्तुप इसापुर्व ५ सय वर्ष पुरानो कोलिया राजाद्वारा निर्मित स्तुप मानिन्छ ।

शान्तिका अग्रदूत बुद्धको महापरिनिर्वाणपछि बचेको अस्तु (अवशेष) ल्याएर अस्तु कलशमा राखेर स्तुप निमार्ण गरिएको इतिहास छ । रामग्राम स्तुपको खोजी गर्दा कोलिया राजधानी रामग्रामदेखि चार माइलपूर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियाँ यात्रीको वर्णनका आधारमा रामग्राम स्तुप भेटिएको थियो । स्तुपको महत्त्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ ।

बौद्ध स्तुप अन्य स्थानमा पनि छ, तर रामग्राम स्तुप बुद्धको परिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिंगो अस्तु भाग रहेको स्तुप भएकाले यसको महत्त्व बढी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...