गाउँपालिकाको लोगो डिजाइन गर्नेलाई पुरस्कार

Gandaki Pardesh notice

बेनी, । मुस्ताङको घरपझोङ गाउँपालिकाको लोगो ‘डिजाइन’ गर्नेले नगद पुरस्कार पाउने भएका छन् ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गरेर मौलिकता झल्किने विवरणहरु समावेश गरेर लोगो बनाउनेलाई नगद रु. बीस हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । एक महिनाभित्र पेश भएका लोगो मध्य उत्कृष्ट छनौट गरि पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताउनुभयो ।

Bhautik ministry notice about road

लोगोमा निलगिरी हिमाल, गाउँपालिका नामाकरण भएको घरपझोङ किल्ला, स्याउ लगायत स्थानीय कृषिबाली, स्थानीय स्तरमा पाइने पशुपंक्षी र कला संस्कृति झल्किने चित्र संलग्न गर्नुपर्ने शर्त राखिएको छ ।

Shreekrishna hardwear in news

कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतामा आच आउने संकेत प्रयोग नपाइने र लोगोमा प्रयोग भएका संकेत चिन्हहरुको विस्तृत व्याख्या गर्नुपर्ने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...