भौतिक मन्त्रालयको टोलीद्धारा स्याङ्जाका योजना अनुगमन

Gandaki Pardesh notice

स्याङ्जा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली सहितको टोलीले शुक्रबार स्याङ्जा जिल्लामा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको छ ।

मन्त्री जुग्जाली र सचिव शंकर पण्डितको टोलीले मन्त्रालय मार्फत सञ्चालित सडक, सडक पुल, झोलुङ्गे पुल सम्बन्धी योजना कार्यान्वयनको अवस्थाका विषयमा स्थलगत निरिक्षण गर्नुभएको हो ।

नागडाडाँ कार्कीनेटा पर्वत (२०किमी), पालिका केन्द्र जोड्ने राङखोला धोबादी बिरुवा (१० किमी) र हेलुचौपारी घण्टे पर्वत जोड्ने (६.२ किमी) बहुबर्षिय रणनैतिक सडक निर्माण कार्यको अनुगमन गर्नुभएको मन्त्री जुग्जालीका स्वकीय सचिव चक्र पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

योजनाको निरिक्षण सगै आँधिखोला गाउँपालिकाका उपाध्यष सिता थापा, पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सुमन गिरी र प्राविधिकहरुसँग छलफल गर्नुभएको थियो । योजनाहरुलाई गुणस्तरीय हिसाबले तोकिएको समयभित्र सम्पन्न गराउन निर्देशन दिनुभयो ।

Bhautik ministry notice about road

साना योजनाहरुलाई चाँडो काममा अगाडी बढाउनु पर्ने बताउदै मन्त्री जुग्जालीले कम्तीमा ७० प्रतिशत प्रगति हुनुपर्ने बताउनुभयो । काम सम्पन्न भएपछि रकमको अभाब नहुने गरी प्रदेश सरकार अगाडी बढेको बताउदै मन्त्री जुग्जालीले बहुबर्षिय योजनालाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

“छिटो र राम्रो काम हुनुपर्छ,” उहाँले भन्नुभयो “काम नगर्नेलाई ठेक्का तोडेर भएपनि अभि बढ्नुपर्छ ।” सचिब पण्डितले पुर्वाधार कार्यालयमा कर्मचारीको अभाब रहेको बताउदै अध्यादेश ल्याएर समस्या सामाधान गर्ने तयारी भएको बताउनुभयो ।

पुर्वाधार बिकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख सुमन गिरीले चालु आर्थिक वर्षको चार महिनामा १० प्रतिशतको प्रगति भएको बताउनुभयो । ३६ योजना ठेक्का प्रक्रियामा अगाडी बढाउको बताउदै गिरीले पाँच मोटरेबल पुल, चार झोलुङगे पुल, १० वटा पुराना सहित १६ वटा बहुबर्षिय सहित १९९ योजना रहेका जानकारी गराउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...