कुवेतमा फसेकी हिराकुमारीका छोराछोरीलाई व्यवसायी गौतमको सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका ब्यवसायी लिलाराम गौतमले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले दलाल मार्फत भारत हुदै गैरकानुनी रुपमा कुवेतीको घरमा बेचिएकी चोखालको छोरी पूर्णिमा चोखाल र पुरन चोखाललाई रु. १० हजार बराबरको शैक्षिक र खाद्यान्न साम्रागी शुक्रबार सहयोग गर्नुभएको हो ।
चोखालको घरमै पुगेर बेनी नगरपालिका वडा नं ८ न्यूरोड निवासी एवम् नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका गौतमले पूर्णिमा र पुरनलाई उच्च शिक्षासम्म आवश्यक पर्ने स्टेशनरी साम्रागी समेत सहयोगको घोषणा गर्नुभयो ।
घरको आर्थिक अवस्था, जटिल रोगबाट ग्रसित श्रीमान र छोराछोरीको शिक्षादिक्षाका लागि बैदेशिक रोजगारीमा पुगेर अलपत्र परेकी हिराकुमारीले उद्धार गरिदिन अपिल गर्नुभएको छ । पूर्णिमा र पुरनका बुबा गोविन्दबहादुर चोखालले उपचारमा खर्च र वित्तिय संस्थामा ऋण तिर्न श्रीमती विदेश गएपनि कुवेतीले शाररिक तथा मानसिक यातना दिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...