बेनी–दरवाङ सडक अन्तरगत फापरखेतमा सुख्खा पहिरोले यातायात प्रभावित

Gandaki Kotihome

बेनी, ः म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा सुख्खा पहिरोले यातायात सेवा प्रभावित बनाउन थालेको छ ।
यसअघि बर्खा याममा अवरुद्ध हुने सडक यसपाली हिउँदमा पनि सुख्खा पहिरो खसेर दुःख दिन थालेको छ । म्याग्दीको ‘लाइफलाइन’ मानिएको २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडक अन्तरगत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतमा बुधबार राती सुख्खा पहिरो खसेपछि सिधा यातायात अवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय मार्फत ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाएपछि साँझ पौने सात बजेदेखि बेनी–दरबाङ सडकमा सिधा यातायात सूचारु भएको बेनी नगरपालिका–४ तातोपानीका वडा सदस्य प्रेम श्रीसले जानकारी दिनुभयो ।

“बिहिबारदेखि शुरु भएको पहिरो पन्छाउने काम सकिएपछि साँझ देखि जिप, मोटरसाइकल, बस र ट्याक्टर आवत जावत गर्न थालेका छन,” उहाँले भन्नुभयो “शनिबार बिहान सडक थप फराकिलो बनाएर सवारी आवत जावत गर्ने बनाउछौ ।”

Shreekrishna hardwear in news

सडक अवरुद्ध हुँदा बेनी देखि दरवाङ तर्फ जाने सवारी साधन तातोपानी र दरवाङबाट बेनी, बाग्लुङ, पोखरा, काठमाडौका लागि छुटेका सावरी साधन सिमलचौरमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन् ।

Notice about ban dadalo

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा बेनी–दरवाङ सडकमा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । बेनीका व्यवसायी हेमन्त बानियाले फापरखेतमा सहज यातायात सञ्चालनका लागि स्काभेटर तयारी अवस्थामा रहेर परिचालन गर्नुपर्ने देखिएको बताउनुभयो ।

फापरखेतमा करिब १५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बिचमा खनिएको सडक मुनी म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन् । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ । सडक देखि करिब दुई सय माथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेतको पहिरो मुख्य चुनौति बनेको छ ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा वित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।

फापरखेत खण्डको विकल्पमा पखेर–सिमलचौर सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणको तयारी गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...