दग्नाममा भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, एक जना पक्राउ

Gandaki Pardesh notice

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् ।

दग्नाम स्थित कालाबोट पाखा जंगलमा बिहिबार राती कालिज मार्न गएका स्थानीय २४ वर्षीय रोहित शेरपुञ्जाको खुट्टा र छातीमा भरुवा बन्दुकको छर्राले लागेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते शेरपुञ्जालाई बेनी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“दग्नामका ३४ वर्षीय भानुभक्त पुनले भरुवा बन्दुक पड्काउने क्रममा रोहितलाई छर्रा लागेको हो,” उहाँले भन्नुभयो “भानुभक्त र रोहित सँगै कालिज मार्नका लागि भानुभक्तको घरमा रहेको बन्दुक लिएर जंगलमा गएका थिए ।”

घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको छ । घटनामा संलग्न भानुभक्त पुनलाई हात हतियार तथा खरखजाना कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतको अनुमतिमा मंसिर १४ गतेसम्मका लागि हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...