जेष्ठ नागरिकलाई गरिमाको न्यानो कपडा

Gandaki Pardesh notice

बेनी, । गरिमा विकास बैंक लिमिडेटले बिहिबार बेनी नगरपालिका–९ गलेश्वरको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

१७ औं बार्षिकोत्सवको अवसरमा ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो । बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका संस्थापक मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई न्यानो कपडा वितरण गदैं कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वित्तिय कारोबारसँगै म्याग्दीमा जेष्ठ नागरिकलाई सम्मान, शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, पुलस्त्य पुलह अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले म्याग्दीमा शाखा विस्तार गरेका ठूला बैंकको संख्या धेरै भएपनि सामाजिक उत्तरदाहित्व अन्तरगत समुदाय स्तरमा सहयोग गर्नेको संख्या न्यून रहेको अवस्थामा हरेक बर्ष गरिमा विकास बैंकले सहयोग गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा सहभागी जेष्ठ नागरिक ९४ बर्षिया पाइजाले सहयाोग गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो । न्यानो कपडा वितरण कार्यक्रमा बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता सञ्चालक समिति सदस्य श्रेष्ठ, स्वागत बेनी शाखा प्रमुख कमलप्रसाद ढुंगाना र सञ्चालन शाखाका बरिष्ठ सहायक शंकरप्रसाद सुबेदीले गर्नुभएको थियो । बैंकको सदरमुकाम बेनी, बावियचौर, दरबाङ, पोखरेबगरमा शाखा रहेको छ । देशभर १ सय २३ शाखा रहेको बैंकले बार्षिकोत्सवको अवसरमा देशका विभिन्न १७ स्थानमा न्यानो कपडा वितरण, रक्तदान सहित विभिन्न कार्यक्रम गरी मनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...