‘माटोमा गरेको मेहनत र लगानीले भोको बस्नुपर्दैन’

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका ३६ वर्षीय हरि गर्बुजा कामको खोजीमा १० बर्ष अघि अफगानिस्तान पुग्नुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि गर्बुजाले अफगानिस्तान बसाई आठ महिनामै बिट मारेर घर फर्कनुपरेको थियो । घर फर्किएपछि गर्बुजाले सञ्चालन गरेको पोल्ट्री फार्मबाट पनि प्रगति हुन सकेन् ।

तेस्रो प्रयासमा गर्बुजाले थालेको लम्सन एण्ड दिप्सन फर्निचर उद्योग र तरकारी खेतीबाट भने सफलता हात पार्न थाल्नुभएको छ । फर्निचर उद्योगमा दुई जनालाई रोजगारी दिनुभएको छ ।

Shreekrishna hardwear in news

फर्निचरबाट भएको आम्दानीले गर्बुजाले रु. पचास हजार लगानी गरेर तरकारी खेती शुरु गर्नुभएको छ । दुईवटा टनेलमा अहिले लटरम्मै टमाटर फलेका छन ।

Bhautik ministry notice about road

हाल काठमाडौँमा बसोबास गर्नुहुने धु्रव भट्टचनको करिव १५ रोपनी खेतियोग्य जमिन १० बर्षका लागि भाडामा लिनुभएका गर्वुजाले गत भदौँमा २ क्वीन्टल खुर्सानी उत्पादन गरि विक्री गर्नुभएको थियो ।

‘खुर्सानी बेचीसकेँ, अहिले टमाटर विक्री गरिरहेको छु, अव पौषमा विक्री गर्ने गरि लोकल आलु पनि लगाएको छु,’ गर्वुजाले भन्नुभयो, ‘कृषि खेतिबाट मात्रै वार्षिक रुपमा दुई लाख आम्दानी हुन थालेको छ ।’

गर्वुजाले टमाटर होलसेलमा प्रतिकिलो रु. एक सयका दरले बिक्री गर्नुहुन्छ । फोन र सामाजिक सञ्जालमा सम्पर्क गरि सिधै घरमा पु¥याउने गर्नुभएको छ । उहाँले बाइकबाट तरकारी ढुवानी गर्नुहुन्छ ।

कृषि उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि फर्म नै दर्ता गरि टनेल थप गर्ने तथा अन्य खेतिहरु पनि विस्तार गर्ने योजना बनाउनुभएका गर्वुजा आफुले संचालन गरेका व्यवसायहरुबाट सन्तुष्ट हुनुहुन्छ ।

‘अहिले कम लगानीबाट कम उत्पादन र कम आम्दानी छ, पछि लगानी बढाउँदै जादा उत्पादन र आम्दानी पनि बृद्धि हुँदै जाला,’ गर्वुजाको अपेक्षा छ ‘माटोमा गरेको मेहनत र लगानीले भोको बस्न पर्दैन् । युवाहरुलाई उद्यमशिल बनाउनका लागि स्थानीय सरकारले पनि विशेष चासो दिए हुनेथियो ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...