जेनेरेटर बिग्रीएपछि लुलाङ फेरि अन्धकार बन्यो

Gandaki Pardesh notice

बेनी, ः लघुजलविद्युत परियोजनाको जेनेरेटर बिग्रिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ को सिंगो वडा अन्धकार बनेको छ ।

३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको जेनेरेटर बिग्रिएपछि करिब चार सय घरधुरी अन्धकार भएका हुन् । लुलाङ, खोरीया, लमसुङ र मेरेनीका ३७० घरधुरी अन्धकार बनेको धवलागिरी गाउँपालिका–२ का वडा अध्यक्ष अकप्रसाद बिकले बताउनुभयो ।

“असारको बाढीले बगाएको विद्युतगृह तीन महिनापछि मर्मत गरेर असोज अन्तिम सातादेखि सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो “जेनेरेटरमा समस्या आएपछि बिग्रीएको परियोजना मर्मत गर्न बुटबलबाट बुधबार प्राबिधिक बोलाएका छौ ।”

Shreekrishna hardwear in news

दरखोला दोस्रो लघुुजलविद्युुुत परियोजना मर्मतका लागि चालु आर्थिक वर्षमा धवलागिरी गाउँपालिकाले रु. पाँच लाख पचास हजार र जिल्ला समन्वय समितिले रु. पाँच लाख पचास हजार बिनियोजन गरेका थिए । बिनियोजित बजेट विद्युतगृह मर्मतमा खर्च भइसकेको र जेनेरेटर मर्मत गर्न थप आर्थिक स्रोत जुटाउन समस्या भएको छ ।

Bhautik ministry notice about road

केन्द्रिय प्रशारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युतका लागि लघुजलविद्युत परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोवाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ ।

विद्यार्थीलाई पढ्न र स्थानीयबासीको घरायसी कामकाज प्रभावित बनेको छ । घरायसी काम, विद्यार्थीहरुलाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न र वडा कार्यालयको सेवा प्रभावित भएको हो ।

वि.स. २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना वि.स. २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । तीन पटक सम्म पहिरोको चपेटामा परेको परियोजनाका उपकरणहरु जिर्ण भई पटक पटक बिग्रिएर दुःख दिन थालेको छ ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक पटक पहिरोले लद्युुजलविद्युत परियोजनामा क्षति गरेकाले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रिय प्रशारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।

“नेपाल विद्युत प्राधिकरणले यसपाली म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु. २० करोड बजेटको ठेक्का सम्झौता गरेको छ,” उहाँले भन्नुभयो “लुलाङको विद्युत सम्बन्धी समस्याको दिर्घकालिन समाधानका लागि केन्द्रिय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...