भकिम्ली राखुकी अलसरी थापा डेढ महिनादेखि वेपत्ता

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुकी २७ वर्षीय अलसरी थापा (दिलमाया) डेढ महिनादेखि वेपत्ता हुनुभएको छ ।

बेनीको मंगलाघाटमा बस्दै आएकी दिलमाया असोज २४ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेकाले श्रीमान नरबहादुर थापाले खोजीका लागि अपिल गर्नुभएको छ ।

Bhautik ministry notice about road

“म मजदुरी गर्न जलजला गाउँपालिकाको लेकफाँट गएको थिए, श्रीमति, ७ वर्षकी छोरी र ४ वर्षका छोरा बेनीमा डेरामा बस्दथे,” उहाँले भन्नुभयो “छोराछोरी सहित सम्पर्कबिहिन भएकी श्रीमति खोजीका लागि प्रहरीकहाँ उजुरी गरेको छु । आफन्त, माइति, इस्टमित्रकहाँ खोज्दा पनि भेटिएन् ।”

Shreekrishna hardwear in news

ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका नरबहादुर हराएकी श्रीमति खोज्ने, छोराछोरीको पालनपोषण गर्ने र ज्यालामजदुरी गरेर घरखर्च जुटाउने तेहोरो जिम्मेवारीमा हुनुहन्छ । उहाँले श्रीमतिलाई घर फर्कन र कसैले भेटाए सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ ।

नरबहादुर थापा, सम्पर्क नं. ९८६७६७२७००

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...