करबाकेलीमा खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन

Gandaki Pardesh notice

काफलडाडा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको करबाकेलीमा निर्माण भएको खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन गरिएको छ ।

करबाकेली थानमा मंगलबार भएको पुजाको अवसरमा करवाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले सुर्याेदय युवा क्लवको खेलमैदान लगायतका पूर्वाधार उद्घाटन गर्नुभएको हो ।

क्लवका अध्यक्ष जिवन पुर्जाका अनुसार गाउँपालिका, वडा कार्यालय, स्थानीयबासी र दाताहरुको सहयोगबाट खेलमैदान, प्याराफिट र फाइबर बोर्ड निर्माण भएको हो । करबाकेलीमा बुधबारदेखि बिबिध खेलकुद प्रतियोगिता पनि शुरु हुदैछ ।

Shreekrishna hardwear in news

पुरुष बास्केटबल, महिला, पुरुष र प्रौद्ध भलिबल प्रतियोगिता आयोजना गरेको क्लव अध्यक्ष पुर्जाले बताउनुभयो । बास्केटबल प्रतियोगिताको बिजेतालाई रु. एक लाख एक हजार १११, दोस्रोलाई रु. साठी हजार ६६०, पुरुष भलिबलमा प्रथमलाई रु. ७० हजार र दृतीयलाई रु. चालिस हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

Bhautik ministry notice about road

महिला र प्रौद्ध भलिबलका बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित रु. चालिस हजार र पच्चिस हजार प्रदान गरिने क्लवले जनाएको छ । ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको नाम दर्ता चलिरहेको छ ।

पुनहरुको कुल देवता करवाकेलीको अवसान भएको रामचन कुलचन डाडामा करबाकेली थान, संग्राहलय, सामुदायिक लज लगायतका संरचना निर्माण भएको छ । करबाकेलीलाई केन्द्रित गरेर करवाकेली पर्यटन पदमार्ग सञ्चालन भएको छ । यो ठाउँ धार्मिकसँगै पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...