पर्यटकको रोजाइमा रुप्से झरना

Gandaki Pardesh notice

रुप्से(म्याग्दी) ः साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दश जनाको समूह बिहिबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमा भुुल्नुुभयो ।

बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सौन्दर्यले मुुस्ताङ हिडेकी बेनीकी कमलकुुमारी पुर्जालाई पनि लोभ्यायो । “अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूूमि बनाएर तस्विर, भिडियो नखिचि मुुस्ताङ छिर्नै मन लागेन्,” उहाँले भन्नुुभयो “तह तह को पहाडबाट खसेको झरनाको सौन्दर्यले मोहनी लगायो ।”

पौडेल र पुुर्जा मात्र नभएर मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौ समय बिताउँछन् । रुप्से झरनामा बिहान देखि साँझ सम्म अवलोकन गर्ने, तस्विर र भिडियो खिचाउने पर्यटकहरुको भिड लाग्ने गरेको अन्नपूूर्ण गाउँपालिका–३ का वडा सदस्य लालबहादुुर पुुनले बताउनुुभयो ।

Shreekrishna hardwear in news

जिल्ला ट्राफ्कि कार्यालय म्याग्दीका अनुुसार रुप्से झरनालाई समेटेको बेनी–जोमसोम सडक भएर औसत दैनिक तीन सय गाडी र मोटरसाइकल आवत जावत गर्दछन् । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो सडक भएर आवत जावत गर्ने पर्यटकको संख्या दैनिक एक हजार जना भन्दा बढी हुने गरेको छ ।

मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने–जाने पर्यटकको रोजाइमा रुप्से झरनामा गाडी रोकेर प्रकृतिमा रमाउछन् । रुप्से झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । धौलागिरी र अन्नपूूर्ण हिमालको बिच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छीको खोचलाई विश्वकै गहिरो मानिएको छ ।

तीन वर्षअघिको बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । बाढीले क्षति गरेर रुप्से झरना र अन्धगल्छी वरपरको सौन्दर्यमा असर गरेपनि पर्यटक घटेका छैनन् ।

Bhautik ministry notice about road

झरनाको नजिकै हालै बेलिब्रिज निर्माण भएको छ । पहिरो पन्छाएर सडक फराकिलो बनाएपछि जिप, मोटरसाइकल पार्किङ गर्न सहज भएको छ । ठुुला गाडीमा आउने पर्यटकलाई अडाउन व्यवस्थित पार्किङको आवश्यकता छ ।

रुप्से झरना र अन्धगल्छीमा पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।

झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्विर, भिडियो खिच्ने सुुरक्षित ठाउँ बनाउनुुपर्ने काठमाडौबाट आएकी रविना थापाले बताउनुुभयो ।

वि.स. १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।

झरनालाई धार्मिक गन्तव्य पनि बनाउन सकिने सम्भावना छ । अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुुनले संघीय सरकारबाट चालुु आर्थिक वर्षमा प्राप्त भएको रु. असी लाख अनुुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित गर्न पूूर्वाधार निर्माण गर्न लागिएको बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...