जेसीजकपको लोगो र टाईटल स्पोन्सर सार्वजनिक

Gandaki Pardesh notice

बेनी, । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सोमबार सार्वजनिक भएको छ ।

म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक सार्वजनिक गरिएको हो ।

यस बर्ष हुने प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिताको रुपमा संचालन गरिने जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतियोगितालाई सफल बनाउन कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीको मूल संयोजकमा १७ वटा उपसमिति गठन गरेर तयारी अगाडी बढाईएको अध्यक्ष बानियाँले बताउनुभयो । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक घर्तीले बताउनुभयो ।

उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो ।

विद्यालय तहमा हुने जिल्ला स्तरीय फुटवल प्रतियोगितालाई सफल बनाउन सबैले सहयोग गरिदिनुहुन अध्यक्ष बानियाँले आग्रह गर्नुभएको छ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रतियोगिताको सह– प्रायोजकमा मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...