बेनीमा चौथो सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

Gandaki Pardesh notice

बेनी, । बेनीमा यही मंसिर अन्तिम साता चौथो सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

कालीपुल युनाईटेड क्लवको १० औ वार्षिकोत्सवको अवसरमा मंसिर २८ देखि ३० गतेसम्म बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

Bhautik ministry notice about road

एक वटा टिममा सात जना खेलाडीहरु सहभागि हुनेछन् । प्रतियोगितामा बिजेता र उपबिजेतालाई मेडल र प्रमाणपत्र सहित क्रमश ः रु. ७७ हजार ७७७ र रु. ३३ हजार ३३३ पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष अनिष गौचनले बताउनुभयो ।

Shreekrishna hardwear in news

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट डिफेन्डरलाई रु. तीन हजार ३३३ का दरले पुरस्कृत गरिने भएको छ । अनुशाषित टिमले रु. पाँच हजार ५५५ पुरस्कार पाउनेछ । मंसिर २७ गतेसम्म एक वटा क्लवले रु. आठ हजार तिरेर नाम दर्ता गर्न सक्ने क्लवले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...