जलजलाका १६ जनामा कोरोना संक्रमण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका विभिन्न ठाउँमा बुधबार १६ जनामा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराको विज्ञप्ति अनुसार उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कोरोना पुष्टि भएकाहरुसँगको सम्पर्कमा रहेका ९९ जनाको पिसिआर लिएकोमा १६ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

यसअघि गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल र वारीबेनी बस्ने एक जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्य गाउँपालिकामा कार्यरत कर्मचारी २ जना, मिलनचोक प्रहरी चौकी, वारीबेनी प्रहरी चौकीका एक÷एक जना सुरक्षाकर्मी, धाइरिङ स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मी पनि रहेका छन् ।

Bhautik ministry notice about road

वडा न. १ का १ जना, २ का १, माझफाँटका ५ जना, ४ का २ जना, ८ का १ जना र ५ घर भई वडा न. ६ बस्ने १ जनालाई पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरु सबै कन्ट्याक्ट टे«सिङबाट पहिचान भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

संक्रमित मध्य १ जनामा लक्षण देखिएको छ । तीन जना कुश्माको आइसोलेशनमा गएका छन भने केही होम आइसोलेशनमा बसेका छन् । यसैबीच बुधबार म्याग्दीको बेनी नगरपालिका–२ का एक जना ३१ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...