तनहुँको लोचाडाँडा कृषि पर्यटन सडक स्तरोन्नती

Gandaki Pardesh notice

बेनी, । तनहुँको ब्यास नगरपालिका र म्याग्दे गाउँपालिका स्थित लोचाडाडा कृषि पर्यटन सडक कालोपत्र भएको छ ।

ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सडक अन्तरगत तीन किलोमिटर दुरीको ‘लोचाडाँडा कृषि पर्यटन’ सडकको स्तरोन्नतीको काम लक्ष्य अघिनै सकिएको हो ।

ग्ण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय तनहुँले कार्यान्वयन गरेको यो सडक योजना निर्माण स्थल ब्यास नगरपालिका र म्याग्दे गाउँपालिका हो ।

Shreekrishna hardwear in news

मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले वि.स. २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि रु. चार करोड ४३ लाख ४० हजार ५२८ मा ठेक्का सम्झौता गरेको थियो । २०८० फागुन ११ गतेसम्म सक्नुपर्ने सम्झौता भएपछि आठ महिना अघिनै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका सवईन्जिनियर होमनाथ गौतमले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

तीन किलोमिटर सडक पराकिलो बनाउने र ग्रेड मिलाउने कामसंगै एक हजार तीन सय मिटर कालोपत्रे र दुईसय मिटर सडक ढलानको काम गरिएको छ । ठेक्का सम्झौता लगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघिनै कालोपत्र गरेको निर्माण कम्पनीका संचालक सुवासचन्द्र कार्कीले जानकारी दिनुभयो ।

उक्त मार्गले तीन पालिकाका स्थानीय लाभान्वित हुने छन् । उक्त मार्गमा स–साना मर्मतबाहेक निर्माण कम्पनीले मुख्य कार्य सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ ।

पूरा भएको उक्त योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्ति भुक्तानी दिन बाँकी रहेको सवइन्जिनियर गौतमले बताउनुभयो । यस कम्पनीले तनहुँको ब्यास नगरपालिका–११ मा सञ्चालित ‘बाराही–रानीमार्ग’ सडकको १ हजार ७ सय मिटर प्रिमिक्स किसिमको कालोपत्रे काम ८ महिनामै सकेको थियो ।

ढिलासुस्तिका कारण अधिकांश सडक, पुल, भवन लगायत योजना थलिएको अवस्थामा निर्माण व्यवसायीको इच्छाशक्ति हुने हो भने विकास आयोजनामा भैरहेको ढिलासुस्ति हटाउन सकिने सन्देश मंगलादेवी सुवास कन्ट्रक्सनले ठेक्का लिएको योजनाले दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...