पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक कालोपत्रको काम अन्तिम चरणमा

Shreekrishna hardware

घोडेपानी, म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति भएपछि यात्राको अवधि छोटिनुका साथै सहज र सुरक्षित भएको छ ।

मार्ग खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार, घुम्ति तथा मोड र ग्रेड सुधार भएपछि यात्राअवधि छोटिएको सवारी चालक विश्वास खत्रीले बताउनुभयो ।

“पहिला पोखरेबगर देखि घोडेपानी पुग्न तीन घण्टा लाग्दथ्यो,” उहाँले भन्नुभयो “अहिले एकै घण्टामा पुगीन्छ । गाडी बिग्रने समस्या कम भएको छ । दुर्घटनाको जोखिम पनि कम भएको छ ।”

Shreekrishna

१८ किलोमिटर ५४० मिटर दुरिको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणले वि.स. २०७५ मंसिरमा ठेक्का सम्झौता गरेको थियो ।

default
Ban devision notice


राष्ट्रिय पुननिर्माण प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालय अन्तरगतको स्थानीय पुर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु. २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले सडक आयोजनाका अधिकांश काम सकिएको र सम्पन्न गर्ने क्रममा रहेको बताउनुभयो । “डिबिएसडी प्रविधिको कालोपत्र गर्नेुपर्ने बिरौटा बाहेकको ठाउँमा दोस्रो कोड पनि भइसक्यो,” उहाँले भन्नुभयो “ढलान, ग्राभेल र सोलिङको काम यसअघिनै सकिएको छ ।”

२०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारी लगायतका कारणले लक्ष्य भन्दा तीन वर्षपछि सकिन लागेको हो ।

सडक निर्माणले पूर्णता र कालोपत्र भएपछि स्थानीयबासी, पर्यटकलाई आवत जावत गर्न सहज भएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयोे । शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक संयौको संख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुगेको उहाँले बताउनुभयो ।

म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर–चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयबासीलाई आवत जावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...