मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानको अधिवेशन

Gandaki Pardesh notice

मल्लाज, ः पर्वतको जलजला गाउँपालिकामा रहेको मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठानको बिसौ साधारणसभा तथा छैटौ अधिवेशनबाट केदारनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

भवानीपानी आधारभूत विद्यालय परिसरमा शनिबार सम्पन्न अधिवेशनबाट चयन भएको संस्थाको उपाध्यक्षमा शेषराज रेग्मी, सचिवमा हरिप्रसाद पौडेल, सहचिवमा अमृता पौडेल रेग्मी, कोषाध्यक्षमा जिवन मल्ल (असफल) रहनुभएको छ ।

मनोहर पौडेल, गोपालप्रसाद आचार्य, हरिकृष्ण आचार्य, सनिता कार्की, बलराम रेग्मी, तुलसी रेग्मी पौडेल, अमृत बरुवाल र हरिबहादुर जि.सी. सदस्यमा चयन हुुनभएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मोहनबहादुर मल्ल देशकै साहित्यक ईतिहाँस बोकेका व्यक्तित्व भएका बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कार्यक्रममा काठमाडौ देखि स्रष्टा पदयात्रामा आएका १६ जना साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष दिपक बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोपालप्रसाद आचार्यको सञ्चालन र केदारनाथ पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...