बिमको प्रभुुचेला ः खर्कबाट ध्यान आश्रममा रुपान्तरण हुदै

Gandaki Pardesh notice

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो ।

ऐतिहाँसिक धार्मिक स्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रर्वद्धन समाज विमका अध्यक्ष नविन जुग्जालीले यो ठाउँको ऐतिहाँसिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तब्यमा परिणत गरिएको बताउनुुभयो ।

“जंगलको बिचमा रहेको समथर प्रभुुचेलाको धार्मिक महत्व नभुुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौ,” उहाँले भन्नुुभयो “परापुुर्व कालमा ऋषिमुुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको दुुई वर्षअघिको अध्ययनबाट तथ्यहरु प्हिचान भएपछि संरक्षण, प्रर्वद्धन र पूर्वाधार निर्माणमा जुुटेका छौ ।”

Shreekrishna hardwear in news

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनी तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकहरुको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुुरमन गर्बुुजाले बताउनुुभयो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु. १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्कि पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।

Bhautik ministry notice about road

प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु अर्को विशेषता हो ।

मालिका गाउँपालिकाको रु. पाँच लाख बजेटबाट सोरवाङ देखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुुभयो । विभिन्न दाताहरुले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनु भएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुननिर्माण गर्नुभएको छ ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनु भएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र टंकी निर्माण भएको छ ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदाँ आश्रय लिन सहज भएको छ । समुन्द्र सतहदेखि दुई हजार ४०० मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।

प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रु. पचास लाख बिनियोजन गरेको छ । बिम मालिका संघले करिब रु. २५ लाख जुुटाएको जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...