नालन्दा वौद्ध विद्यालयको छात्रावास भवन निर्माण

Gandaki Pardesh notice

टुकुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयमा छात्रावास भवन निर्माण भएको छ ।

पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारीहरुको आवास सुविधाका लागि तीन तले सुविधासम्पन्न छात्रावास भवन निर्माण भएको हो ।

विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले भवनमा फर्निचर, बेड, विस्तार लगायत बन्दोबस्तीका सामग्री जुटाएर आगामी फागुन महिनादेखि प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“अहिले कक्षा कोठा भवनको भुई तलामा एउटै खाटको तल र माथि दुई तहमा सुत्ने गरेर छात्रावास चलाएका छौ,” उहाँले भन्नुभयो “चन्दा जुटाएर छ वर्षमा गत महिना निर्माण सकिएको भवनमा बन्दोबन्दीका सामग्री व्यवस्थापन गरेर प्रयोगमा ल्याउने तयारीमा छौ ।”

पुस्तकालय, छ वटा शौचालय र ४० वटा कोठा भएको भवन बनाउन पद्मसंभव च्यारिटी फाउण्डेशनका अध्यक्ष डा. मंगोलध्वज तुलाचनको पहलमा चन्दा सहयोग जुटाइएको प्रअ तुलाचनले बताउनुभयो । भवनको क्षमता तीन सय जनाको छ ।

“उहाँ (मंगोलध्वज) लगायतले ताइवानमा मेडिटेशन सञ्चालन गर्नुभएको छ,” तुलाचनले भन्नुभयो “मेडिटेशनको आम्दानी र दाताहरुबाट सहयोग जुटाएर यो विद्यालय सञ्चालनका साथै छात्रावास लगायतका पूर्वाधार निर्माण भएको हो ।”

Bhautik ministry notice about road

भवनमा चियो याममा पनि न्यानो हुने संरचना बनाइएको छ । कक्षा १ देखि १० सम्म निशूल्क आवासीय सुविधा सहित अध्यापन गराइने विद्यालयमा हाल २१५ जना नेपालका सबै जिल्ला र भारतका विद्यार्थीहरु छन् ।

विद्यालय जाने उमेरका कमजोर आर्थिक पृष्ठभूमि भएका विद्यार्थीहरुलाई लक्षित गरेर वि.स. २०६७ मा स्थापना भएको विद्यालयमा अध्ययन गरेका विद्यार्थीले दुई वर्षअघि देखि माध्यमिक शिक्षा परिक्षा (एसईई)मा सहभागिता जनाउन थालेका थिए । पछिल्लो दुई वर्षमा सो विद्यालयको औसत एसईई परिक्षाको नतिजा मुस्ताङ जिल्लामा अगाडी छ ।

नेपाल सरकारद्धारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमपबाट औपचारिक वौद्ध शिक्षा प्रदान गरिने विद्यालयमा विद्यार्थीहरुलाई निःशूल्क शिक्षा, आवास, भोजन, पोशाक लगायतको सुविधा प्रदान गरिएको छ ।

हाल छात्रहरु मात्र रहेको विद्यालयमा समुदायको माग अनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले बताउनुभयो । पहिलो वर्ष ३० जना छात्राहरुलाई भर्ना गर्ने योजना रहेको छ ।

यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले शनिबार सो विद्यालयको निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा मन्त्री जुग्जालीसमक्ष प्रअ तुलाचनले बेनी–जोमसोम सडकको थापाखोला देखि विद्यालय भवन सम्म पुग्ने सडक स्तरोन्नतिका लागि अनुरोध गर्नुभएको थियो ।

मन्त्री जुग्जालीले समुदाय स्तरबाट स्रोत जुटाएर सञ्चालित विद्यालयबाट विपन्न विद्यार्थीहरुको शिक्षामा पहुँच बढाउन सहयोग पुगेको बताउदै आगामी आर्थिक वर्षको योजनामा सडक स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...