लामगराका रामबहादुरको उपचारका लागि संकलित रकम सार्बजनिक

Gandaki Pardesh notice

बेनी । कलेजोको क्यान्सरबाट ज्यान गुमाएका बेनी नगरपालिका–१ लामगराका रामबहादुर घर्तीको उपचारका लागि संकलित आम्दानी र खर्च बिबरण सार्वजनिक गरिएको छ ।


असोज २१ गते दिवंगत हुनुभएका ४३ वर्षीय जिसीको लागि जागृति आमा समूह लामगराको नेतृत्वमा ९ लाख १३ हजार ७०३ रुपैयाँ सहयोग जुटेको जानकारी गराएको छ ।

Bhautik ministry notice about road

जिसीको १३ औ दिनको पुण्यतिथी पारेर अभियानकी संयोजक इन्द्र जिसीले आम्दानी र खर्च बिबरण सार्वजनिक गर्दै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आर्थिक अभाव भएपछि स्वदेश तथा बिदेशबाट आर्थिक सहयोग जुटाइएको थियो ।

Shreekrishna hardwear in news

२०७६ पुष १३ गतेदेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराउदै आउनुभएको थियो । हुलाक कार्यालयमा हलकराका रुपमा काम गर्नुभएका घर्ती बिरामी परेपछि सो जागिर पनि छोड्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...