लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता

Gandaki Ghumau

लोमान्थाङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो ।

लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ढुकुके विष्टले लोमान्थाङ दरवारको ऐतिहाँसिक, सांस्कृतिक महत्वको बारेमा जानकारी गराउदै सोको संरक्षण तथा प्रर्वद्धनका लागि वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारबाट भएका कामको साथै थप आवश्यक योजनाको बारेमा माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna

चालु आर्थिक वर्ष २०८० र ८१ का लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय मुस्ताङ मार्फत कार्यान्वयन हुने गरि लोमान्थाङ स्वागत गेट देखि लोमनथाङ वाल वरिपरि ढलान बाटो निर्माणका लागि दुई वटा शिर्षकमा रु. पाँच करोड र अर्को ऐतिहाँसिक गाउँ वरपर पक्कि सडक शिर्षकमा रु. पचास लाख बजेट बिनियोजन गरेको छ ।

मन्त्री जुग्जालीले ऐतिहाँसिक, सांस्कृतिक र पर्यटकीय महत्वको लोमान्थाङको बस्तीलाई व्यवस्थित बनाउन मन्त्रालयले कार्यान्वयन गर्न लागेको योजनालाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि तथा समुदायलाई आग्रह गर्नुभएको छ । पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हान गर्ने तयारी गरेको जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...