बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिइने

Gandaki Pardesh notice

टुकुचे, । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाहरुले २०८० मंसिर २ गते बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीको ध्यानाकर्षण गराएका छन् ।

थासाङ गाउँपालिका–१ टुकुचेका वडा अध्यक्ष शुरेश थकाली, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक धिरेन्द्र बिक, नेता ङुटुक गुरुङ (मुस्ताङ टाईगर), देवी बानिया र स्थानीयबासीहरुले संघीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत कालिगण्डकी कोरीडोर अन्तरगत सञ्चालित योजनाको टुकुचे देखि जोमसोम खण्डमा सडक कालोपत्र समयमा सम्पन्न हुन नसकेको र यसका कारण आवत जावतमा समस्या भएकाले संघीय सरकारका विभागीय मन्त्री तथा आयोजनाका अधिकारीहरुसँग पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

वडा अध्यक्ष थकालीले सडकको क्षेत्राधिकारमा पर्ने जग्गाको क्षतिपुर्ति लगायतका काममा सहजिकरण गरेपनि काम नभएकोमा दुख व्यक्त गर्नुभयो । मन्त्री जुग्जालीले बेनी जोमसोम कोरला सडक स्तरोन्निति योजनामा भएको ढिलाई र स्थानीयबासीको गुनासोको विषयमा प्रदेश सरकारको तर्फबाट सम्बन्धित आयोजना प्रमुख र संघीय सरकारका विभागीय मन्त्रीसँग समन्वय तथा सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । बेनी जोमसोम कोरला सडक स्तरोन्नतिको कामलाई गति दिन सरोकारवालाहरुसँग छलफल गर्ने र दवाव दिने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...