देउसीभैलो खेलेर बालगृहलाई सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ को कालिपुल युनाइटेड क्लवले देउसीभैलो खेलेर जुटाएको रकमबाट बालगृहलाई सहयोग गरेको छ ।

तिहार पर्वको अवसरमा बेनी बजारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको बालगृहका बालबालिकाहरुलाई सहयोग गरेको हो ।

रु. १८ हजार मूल्य बराबरको लत्ताकपडा र खाद्यान्न सामग्री सहयोग गरिएको क्लवका उपाध्यक्ष सोनिया पुनले बताउनुभयो । ९ जना बालबालिकाहरुलाई एक÷एक जोर कपडा सहयोग गरिएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी एक बोरा चामल, एक प्याक खानेतेल, एक दर्जन फ्रुटी र एक दर्जन स्यानेटरी प्याड उपलब्ध गराइएको छ । कालीपुल युनाइटेड युवा क्लवका अध्यक्ष अनिष गौचनको नेतृत्वमा क्लवका पदाधीकारी र सदस्यहरुले बालगृहका प्रमुख सुजन खत्रीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

तिहार पर्वको अवसरमा क्लवले बेनीमा चार दिनसम्म देउसीभैलो खेलेका थिए । संस्कृतिको संरक्षणका साथै सामाजिक काम गर्ने उद्देश्यले देउसीभैलो खेलेका हुन् । क्लवले खेलकुद गतिबिधिका सांथै सरसफाई लगायत सामाजिक कार्य गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...