पोर्चुगलमा म्याग्देलीको देउसीभैलो

Gandaki Pardesh notice

बेनी, । पोर्चुगलमा रहेका म्याग्देलीहरुले देउसीभैलो खेलेर तिहार पर्व मनाउनुका साथै जन्मथलोको शैक्षिक क्षेत्रमा सघाउने उद्देश्यले आर्थिक स्रोत समेत जुटाएका छन् ।

Bhautik ministry notice about road

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय समिति पोर्चुगलको आयोजनामा देउसीभैलो खेलिएको हो । जेहेन्दार, विपन्न र प्रतिभाशाली बालबालिकाहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्न देउसीभैलो खेलेको मोना पोर्चुगलले बताउनुभयो ।

तिहारको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो । देउसीभैलो मार्फत अक्षयकोषका लागि रु. चार लाख ६१ हजार जुटाएको मोना पोर्चुगलका नर फगामी मगरले बताउनुभयो । देउसीभैलो खेलेर प्रवासमा रहेपनि जन्मथलोको झल्को मेटाएको पोर्चुगलमा रहेका म्याग्देलीहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...