भाइटिकाका दिन मालिका धुरीमा पुजाआजा

Gandaki Pardesh notice

बेनी, ः भाईटिका पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका धुरीमा बुधबार पुजाआजा गर्ने भक्तजनको घुइचो लागेको छ ।

समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा भाइटिकाको अवसरमा पाँच सय जना भन्दा बढी भक्तजनले पुजाआजा गरेका मालिका गाउँपालिकाले जनाएको छ ।

पहाडको उच्च स्थानमा रहेको मालिका धुरी म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित छ । मालिका, कालिका र जालपाको पूजआजा गर्न बिम, पाखापानी, दरबाङ, कुहुँ लगायतका विभिन्न क्षेत्रबाट भक्तजनहरु आएका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

Shreekrishna hardwear in news

“हिजो साँझ बास बस्न आएका भक्तजनहरु एकाविहानै पुजाआजा र दर्शन गरेर तिहार मनाउन घरतर्फ गएका थिए,” उहाँले भन्नुभयो “भक्तजनहरुले चढाएको रु. ४६ हजार ५७० भेटी संकलन भएको छ ।” त्यस्तै पाखापानीका कर्णबहादुर पुनले मन्दिरमा कृतिम दियो पाला हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

मालिका मन्दिरमा वैशाख, जेष्ठि पुर्णिमा र भाइटिकाका दिन पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । अपेक्षा गरेको काममा सफलता पाएकाहरु बोका तथा परेवा लिएर भाकल फर्काउन जाने गर्दछन् ।

मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको किम्बदन्ती छ । कालिका र जालपाको बीचमा मालिका मन्दिर छ ।

एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालपाको रूपमा पुजिन्छ । सन् १९६६ सालदेखि नियमित रुपमा पुजाआजा हुँदै आएको मालिका मन्दिरमा बालबालिकादेखि वृद्धवृद्धासम्म पुग्ने गर्दछन् । मालिका–६, दरबाङस्थित दुखुका तीर्थबहादुर रोकाले २०२५ सालमा मालिका मन्दिर बनाउनुभएको थियो ।

मन्दिरको छेउमा रहेको ढुङ्गा अर्थात् शिलाको चुचुरो छ । मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन,पुथा लगाएतका दर्जनौ हिमश्रंखला समेत अवलोकन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...